News Portal

  • मोरङ जिल्लाको रंगेली नगरपालिकामा अनौठो ठगी गर्ने एक युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    २२७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा अनौठो खाल्को ठगी गर्ने एक जना युवालाई इलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गर्न सफल भएको छ ।

    गाउँ घरमा रहेका अतिविपन्न परिवारलाई प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँपालिका-४ वस्ने ५० बर्षीय दिपेन्द्र उरावलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उरावले असोज महिनादेखि गाउँ-घरमा गएर बिदेशी फन्ड  आएको भन्दै  सो फन्डबाट घर वनाउन लगानी गर्छ र तपाईहरुले ५० हजार रुपैयाँ दिए पुग्छ भन्दै स्थानीयहरुलाई झुक्याएर रकम असुली गर्दै आएको छ । 

    उरावले स्थानीयहरुसंग किस्ता वापत रकम लाग्ने र पहिलो किस्तामा दस हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै रकम असुली गर्दै आएको प्रहरीले बताएको छ । घर निर्माणमा जम्मा ५० हजार रुपैयाँ तिरे सम्पूर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्री दिनु नपर्ने भन्दै ठगी गर्दे हिडिरहेका अवस्थामा उनलाई चैत्र १६ गते  सुनवर्षी नगरपालिका ९  बाट पक्राउ गरिएको थियो   

    मोरङका रंगेली ५ का बबितादेवी मण्डलको घरमा असोज महिनादेखि आएको र २० देखि ३० कोठाको घर बनाउनका लागि   ५० हजार रुपैयाँ किस्ता किस्ता गरेर रकम बुझाउनु पर्ने समेत भनेका थिए । एक किस्तामा रु १० हजार रुपैयाँ दिनु पर्छ र  मानिसहरुको समुह बनाउनु पर्ने र एक जना बराबर १० हजार रुपैयाँ दरले ८५ जनासंग ८ लाख ५० हजार रुपैयाँ    फाल्गुन महिना दोस्रो किस्ता स्वरुप ४० हजार रुपैयाँ गरी १२ लाख  ५० हजार रुपैयाँ पैसा उठाई ठगी गरेका थिए ।  

    इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर थप अनुसन्धन गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...