News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा अनौठो ठगी गर्ने एक युवा पक्राउ

हिमालीसंचार संवाददाता
२९३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा अनौठो खाल्को ठगी गर्ने एक जना युवालाई इलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गर्न सफल भएको छ ।

गाउँ घरमा रहेका अतिविपन्न परिवारलाई प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँपालिका-४ वस्ने ५० बर्षीय दिपेन्द्र उरावलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उरावले असोज महिनादेखि गाउँ-घरमा गएर बिदेशी फन्ड  आएको भन्दै  सो फन्डबाट घर वनाउन लगानी गर्छ र तपाईहरुले ५० हजार रुपैयाँ दिए पुग्छ भन्दै स्थानीयहरुलाई झुक्याएर रकम असुली गर्दै आएको छ । 

उरावले स्थानीयहरुसंग किस्ता वापत रकम लाग्ने र पहिलो किस्तामा दस हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै रकम असुली गर्दै आएको प्रहरीले बताएको छ । घर निर्माणमा जम्मा ५० हजार रुपैयाँ तिरे सम्पूर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्री दिनु नपर्ने भन्दै ठगी गर्दे हिडिरहेका अवस्थामा उनलाई चैत्र १६ गते  सुनवर्षी नगरपालिका ९  बाट पक्राउ गरिएको थियो   

मोरङका रंगेली ५ का बबितादेवी मण्डलको घरमा असोज महिनादेखि आएको र २० देखि ३० कोठाको घर बनाउनका लागि   ५० हजार रुपैयाँ किस्ता किस्ता गरेर रकम बुझाउनु पर्ने समेत भनेका थिए । एक किस्तामा रु १० हजार रुपैयाँ दिनु पर्छ र  मानिसहरुको समुह बनाउनु पर्ने र एक जना बराबर १० हजार रुपैयाँ दरले ८५ जनासंग ८ लाख ५० हजार रुपैयाँ    फाल्गुन महिना दोस्रो किस्ता स्वरुप ४० हजार रुपैयाँ गरी १२ लाख  ५० हजार रुपैयाँ पैसा उठाई ठगी गरेका थिए ।  

इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर थप अनुसन्धन गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...