News Portal

  • सर्दु कोरिडोरका सुकुम्वासीलाई उपमहानगरपालिकाले उठाउँदैन : नगर प्रमुख राई

    हिमालीसंचार संवाददाता
    १६५ पटक

    धरान – धरान उपमहानगरपालिका धरान स्थित सर्दु कोरिडोरका सुकुम्वासी समस्यामा विस २०७२ सालको मापदण्डको विरोध भइरहेको पछिल्लो समयमा नगर प्रमुख तिलक राईले विस २०७२ सालपछि बसोबास गरेका सुकुम्वासीले भरेको फारम समेत स्वीकार गरिएको बताएका छन् ।

    राष्ट्रिय भूमि आयोगले धरानमा अव्यवस्थित बसोबास तथा भूमिहीनहरूलाई उनीहरू बसेको जग्गाको लालपुर्जा दिनका लागि माग गरेका सूचनाको आधारमा फारम भर्नेहरूले विस  २०७२ साल भन्दापछि बसोबास गरेकाहरू पनि त्यहा रहेको उनले बताएका हुन् ।

    सुकुम्वासी संरक्षण समाजद्वारा आज भएको ‘नो लाल पुर्जा, नो भोट’ भन्दै नारा जुलुस प्रदर्शनपछि बुझाइएको ज्ञापन पत्रका मागहरूमा सम्बोधन गर्दै मेयर राईले भने विस ‘२०७२ सालको मापदण्डलाई सबैले स्वीकार गर्ने भनिए पनि भूमिहीन आयोगको फारम भर्दा त्यसपछिका सुकुम्वासीहरूको फारम पनि स्वीकार गरिएको छ ।’

    विस २०७२ सालमा सुकुम्वासी सङ्गठनहरू र धरान उपमहानगरपालिका धरानको संयुक्त समितिले धरानका सुकुम्वासीहरूको तथ्यांक सकलंन गरेपछि अब नयाँ सुकुम्वासी कोही नरहने भनी संस्थागत प्रतिबद्धता जनाइएको थियो । धरान उपमहानगरपालिका धरानमा त्यस बेला कुल १२ हजार अव्यवस्थित बसोबास तथा सुकुम्वासी रहेको पहिचान गरी तथ्याङ्क कायम गरिएको थियो ।

    नगर प्रमुख राईले भने, ‘राष्ट्रिय भूमि आयोगसँग धरान उपमहानगरपालिकाले सम्झौता गरेपछि गरिएको सूचनाका आधारमा फारम भर्नेको सङ्ख्या १३ हजार ५ सय रहेको छ ।’ धरानमा कायम गरिएको सुकुम्वासीको तथ्याङ्क भन्दा बढी १ हजार ५ सय सुकुम्वासी विस २०७२ साल भन्दा पछि बसोबास गरेको भए तापनि उनीहरूको फारम समेत स्वीकार गरिएको उनले बताए ।

    भूमि आयोगको तथ्याङ्कमा परेका सबैले धनी पुर्जा पाउने, कसैलाई पनि नउठाउने प्रतिबद्धता जनाउँदै उनले भने, ‘फारम भरेका सबैले पुर्जा पाउँछन्, कोही पनि सुकुम्वासीलाई धरान उपमहानगरपालिका धरानले उठाउँदैन ।’ तर पुर्जा पाउने प्रलोभन दिएर गलत तत्त्वहरूले रातारात घर टहरा बनाउन प्रोत्साहित गर्ने कार्यलाई रोक्न वास्तविक रूपमा बसोबास गर्दै आएका भूमिहीनहरूले पनि विशेष भूमिका निभाउन नगर प्रमुख राईले आग्रह गरे ।

    धरानको सर्दु कोरिडोरका लागि सुकुम्वासी उठाउने हल्ला निराधार भएको स्पष्ट गर्दै उनले भने ‘सर्दु कोरिडोरको नाममा कसैलाई उठाइँदैन।’ भूमिहीन सुकुम्वासी बसोबास गरेका ठाउँलाई व्यवस्थित गर्दै खानेपानी, बिजुली, सडक जस्ता आधारभूत पूर्वाधार पुर्याउने योजना अनुसार तथ्याङ्क अनुसार प्रक्रिया पद्धति पुर्‍याएर धनीपूर्जा दिइने नगर प्रमुख राईको भनाई थियो ।

    राष्ट्रिय भूमि आयोगले दिने स्थायी लालपुर्जा हुने बताउँदै मालपोत, नापी कार्यालय, भूमिसुधारदेखि मन्त्रालयसम्म स्रेस्ता कायम गर्न प्राप्त भएका फारमहरू कम्प्युटरमा राख्ने काम भइरहेको बताउँदै नगर प्रमुख राईले भने ‘हतारमा स्रेस्ता कतै नभएको पुर्जा लिएका घट्नाहरु पनि भएका छन् त्यस्तो कार्यको प्रलोभनमा पार्नबाट सतर्क रहनु जरुरी भएको छ ।’ 

    नगर प्रमुख राईका अनुसार अहिलेसम्म देखिएका तथ्याङ्क अनुसार कतिपय सुकुम्वासीको ३ धुर, ४ धुर जग्गा मात्र  भएको पाइएको छ । बस्न लायक घर बनाउनसम्म नहुने थोरै जग्गा भएका उनीहरूलाई अधिकतम ७ देखी ८ धुर जग्गा जिने प्रबन्ध समेत गरिने छ। वास्तविक सुकुम्वासीलाई नाम मात्रको शुल्कमा पुर्जा दिइनेछ, अव्यवस्थित बसोबासमा न्यूनतम शुल्क लिइने बताए । 

    सुकुम्वासी समस्या समाधानका लागि सङ्घीय सरकार प्रतिबद्धता पूर्वक लागेको बताउँदै नगर प्रमुख राईले चुनाव नजिक आएको छ, राजनीतिक दलहरू भोट माग्न आउँदा गलत उक्साहटमा अलोकतान्त्रिक ढङ्गको विरोध नगर्न नगर प्रमुख राईले आग्रह गरे । 

    धरानको सुकुम्वासी समस्या भूमिहीन, सुकुम्वासी र स्थानीय सरकारको सहकार्यमा समाधान हुने विश्वास दिलाउँदै जतिसक्दो छिटो काम गर्न सुकुम्वासीहरूको नेतृत्वमा रहेकाहरूको संस्थागत प्रतिनिधि र भूमि आयोग समन्वय समिति आजभोलि नै छलफलमा बोलाइने बचन दिए। 

    यसअघि उपमहानगरपालिका परिसरमा भएको कोणसभामा सुकुम्वासी संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की, धरान नगर अध्यक्ष सुवास राईले हरेक चुनावमा सुकुम्वासीलाई झुक्याईदै आएको बताउँदै यसपालि सुकुम्वासीहरू नझुक्किने बताए । 

    सभामा १० बुँदे घोषणापत्र जारी गर्दै भूमि आयोगले दिने धनी पुर्जाको १० वर्षे सर्त खारेज गरिनुपर्ने, कुनै पनि बहानामा बसोबास गर्दै आएको ठाउँबाट कसैलाई पनि हटाउन नहुने संविधान प्रदत्त अधिकारको प्रत्याभूति हुनुपर्ने माग गरिएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...

    झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

    काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी...