News Portal

लेटाङ नगरपालिकाद्धारा अनुदानमा कृषी सामाग्री वितरण

हिमालीसंचार संवाददाता
२३६ पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका कृषि विकास शाखा लेटाङले स्थानीय कृर्षकका लागि ५० प्रतिशत अनुदानमा कृषी सामाग्रीहरु वितरण गरेको छ ।

कृषि सहकारी, कृषक समुह र कृषि फर्महरुलाई २७ थान मिनि पावर टिलर र कम्वाईन मिल कृषि विकास शाखा लेटाङले वितरण गरेको हो । कृषकका माग निवेदनका आधारमा छनौट गरि १४ वटा कम्वाईन मिल, १२ वटा मिनि पावरटिलर र एउटा पावर टिलर वितरण गरिएको लेटाङ नगरपालिका लेटाङका प्रमुख शंकर राईले जानकारी दिए ।  

नगरप्रमुख राईले लेटाङ नगरपालिका लेटाङले नगर विकासको आधार कृषी र पर्यटन सहितको पुर्वाधार भन्ने नारा नै लिएर कृषी क्षेत्रमा लगानी गरिरहेको बताउदै लेटाङ नगरपालिका लेटाङका कृर्षी क्षेत्रमा बृहत्तर योजना सहित विकास गर्न आवश्यक रहेको बताए । 

नगर प्रमुख राईका अनुसार लेटाङ नगरपालिका लेटाङलाई कृषी क्षेत्र, पकेट कार्यक्रमहरु बनाएर कृर्षी क्षेत्रमा लगानी गरिरहेको समेत वताए । नगर प्रमुख राईले कृषी तथा पशुपालनको क्षेत्रमा गरेका लगानीले प्राथमिकतामा परेकाले कृषीलाई विकास गर्न आफुहरु लागिरहेको बताए ।

आयोजित कार्यक्रममा लेटाङ नगपालिका लेटाङकी उप्रमुख कृष्णकुमारी निरौला, नगर प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, कृषी शाखा प्रमुख करण श्रेष्ठ, कृषी प्राविधिक मन्जु तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...