News Portal

लेटाङ नगरपालिकाद्धारा अनुदानमा कृषी सामाग्री वितरण

हिमालीसंचार संवाददाता
२६७ पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका कृषि विकास शाखा लेटाङले स्थानीय कृर्षकका लागि ५० प्रतिशत अनुदानमा कृषी सामाग्रीहरु वितरण गरेको छ ।

कृषि सहकारी, कृषक समुह र कृषि फर्महरुलाई २७ थान मिनि पावर टिलर र कम्वाईन मिल कृषि विकास शाखा लेटाङले वितरण गरेको हो । कृषकका माग निवेदनका आधारमा छनौट गरि १४ वटा कम्वाईन मिल, १२ वटा मिनि पावरटिलर र एउटा पावर टिलर वितरण गरिएको लेटाङ नगरपालिका लेटाङका प्रमुख शंकर राईले जानकारी दिए ।  

नगरप्रमुख राईले लेटाङ नगरपालिका लेटाङले नगर विकासको आधार कृषी र पर्यटन सहितको पुर्वाधार भन्ने नारा नै लिएर कृषी क्षेत्रमा लगानी गरिरहेको बताउदै लेटाङ नगरपालिका लेटाङका कृर्षी क्षेत्रमा बृहत्तर योजना सहित विकास गर्न आवश्यक रहेको बताए । 

नगर प्रमुख राईका अनुसार लेटाङ नगरपालिका लेटाङलाई कृषी क्षेत्र, पकेट कार्यक्रमहरु बनाएर कृर्षी क्षेत्रमा लगानी गरिरहेको समेत वताए । नगर प्रमुख राईले कृषी तथा पशुपालनको क्षेत्रमा गरेका लगानीले प्राथमिकतामा परेकाले कृषीलाई विकास गर्न आफुहरु लागिरहेको बताए ।

आयोजित कार्यक्रममा लेटाङ नगपालिका लेटाङकी उप्रमुख कृष्णकुमारी निरौला, नगर प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, कृषी शाखा प्रमुख करण श्रेष्ठ, कृषी प्राविधिक मन्जु तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...