News Portal

  • हलेसी मन्दिरको भेटी पाँच लाख बढी भेटी संकलन

    हिमालीसंचार संवाददाता
    २०२ पटक

    खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा स्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनको अवधिमा पाँच लाख बढी भेटी संकलन भएको छ ।

    चैत १ गतेदेखि १८ गतेसम्मको ५ लाख ४ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार हलेसी महादेव मन्दिरको शिव–पार्वती थानको दान पेटिकाबाट ४ लाख ३६ हजार र मन्दिरको प्रागनमा रहेको दानपेटिकाबाट ६८ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हो । 

    मन्दिरमा संकलित भेटीको रकमबाट पानी, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च लगायतमा गरी ६२ हजार ५ सय १० रुपैयाँ खर्च गरिएको पनी प्रमुख राईले बताए । अन्य बाँकी रकम ४ लाख ४२ हजार ३ सय ९० रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले हिमालीसंचारटडकमसंग बताए ।

    त्यस्तै, धुमथाङ–१ सिन्धुपाल्चोक निवासी धनबहादुर गुरुङले १ तोलाको सुन, ३ तोला ८७ लालको चाँदीको प्लेट र बुद्धनगर नगरपालिका–१० कपन, काठमाडौं निवासी कान्छा तामाङले २५.१० तोलाको बिस्कुट आकारको १ थान चाँदी चढाएका थिए।

    त्यस्तै, दर्शनार्थी तथा पर्यटकले यस अवधिमा भारतीय रुपैया ३ हजार ४ सय, अमेरिकन डलर १, चाँदी १४.६५ तोला, सुन ०.०५९ तोला चढाएका पनि सूचना केन्द्रले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...