News Portal

हलेसी मन्दिरको भेटी पाँच लाख बढी भेटी संकलन

हिमालीसंचार संवाददाता
२६६ पटक

खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा स्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनको अवधिमा पाँच लाख बढी भेटी संकलन भएको छ ।

चैत १ गतेदेखि १८ गतेसम्मको ५ लाख ४ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार हलेसी महादेव मन्दिरको शिव–पार्वती थानको दान पेटिकाबाट ४ लाख ३६ हजार र मन्दिरको प्रागनमा रहेको दानपेटिकाबाट ६८ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हो । 

मन्दिरमा संकलित भेटीको रकमबाट पानी, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च लगायतमा गरी ६२ हजार ५ सय १० रुपैयाँ खर्च गरिएको पनी प्रमुख राईले बताए । अन्य बाँकी रकम ४ लाख ४२ हजार ३ सय ९० रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले हिमालीसंचारटडकमसंग बताए ।

त्यस्तै, धुमथाङ–१ सिन्धुपाल्चोक निवासी धनबहादुर गुरुङले १ तोलाको सुन, ३ तोला ८७ लालको चाँदीको प्लेट र बुद्धनगर नगरपालिका–१० कपन, काठमाडौं निवासी कान्छा तामाङले २५.१० तोलाको बिस्कुट आकारको १ थान चाँदी चढाएका थिए।

त्यस्तै, दर्शनार्थी तथा पर्यटकले यस अवधिमा भारतीय रुपैया ३ हजार ४ सय, अमेरिकन डलर १, चाँदी १४.६५ तोला, सुन ०.०५९ तोला चढाएका पनि सूचना केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...