News Portal

मोरङको जिल्लाका अन्तर पालिका कपको उपाधी लेटाङ नगरपालिकाले जित्यो

हिमालीसंचार संवाददाता
३५९ पटक

लेटाङ – मोरङ जिल्लाको अन्तरपालिका स्तरिय अध्यक्ष कप २०७८ सालको उपाधिले लेटाङले नगरपालिका जितेको छ। प्रथमका लागि नगद १ लाख, उपबिजेताका लागि नगद ६० हजार रुपैयासंगै प्रथम, दोश्रो हुने टिमले ट्रफी, प्रमाणपत्र , मेडल सम्त प्राप्त गरेका थिए।

कानेपोखरी ५ जहदा खेल मैदानमा कानेपोखरी गाउँपालिकाको आयोजनामा भएको फाईनल खेलमा २-० गोल अन्तरले बेलबारीलाई पराजित गर्दै लेटाङ बिजय भएको हो ।

खेलको दोश्रो हाफको १५ औ मिनेटमा लेटाङका जर्सी नंबर ८ का अनुप मगरले पहिलो गोल गर्दै लेटाङलाई १ -० को अग्रता दिलाएका थिए । त्यस्तै, ३० औ मिनेटमा लेटाङका सागर बिकले अर्को गोल थप्दै लेटाङलाई २-० को अग्रता दिलाए । 

खेलको उत्कृष्ट कोच लेटाङका ईन्द्र राई, उत्कृष्ट गोलकिपर बेलबारीका सन्तोस दनुवार, उत्कृष्ट डिफेन्स लेटाङका राजु मगर, उत्कृष्ट मिड फिल्ड बेलबारीका भक्त भण्डारी, उत्कृष्ट फरवार्ड लेटाङका सागर बिक, हाई स्कोरर लेटाङका आयुस लिम्बू र अनुप मगर भए । प्रत्येक उत्कृष्ट खेलाडीले नगद ३ हजार प्राप्त गरेका थिए । म्यान अफ द सिरिज बेलबारीका पारस खत्री भए  । उनले नगद ५ हजार प्रदान गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...