News Portal

मोरङको जिल्लाका अन्तर पालिका कपको उपाधी लेटाङ नगरपालिकाले जित्यो

हिमालीसंचार संवाददाता
४८९ पटक

लेटाङ – मोरङ जिल्लाको अन्तरपालिका स्तरिय अध्यक्ष कप २०७८ सालको उपाधिले लेटाङले नगरपालिका जितेको छ। प्रथमका लागि नगद १ लाख, उपबिजेताका लागि नगद ६० हजार रुपैयासंगै प्रथम, दोश्रो हुने टिमले ट्रफी, प्रमाणपत्र , मेडल सम्त प्राप्त गरेका थिए।

कानेपोखरी ५ जहदा खेल मैदानमा कानेपोखरी गाउँपालिकाको आयोजनामा भएको फाईनल खेलमा २-० गोल अन्तरले बेलबारीलाई पराजित गर्दै लेटाङ बिजय भएको हो ।

खेलको दोश्रो हाफको १५ औ मिनेटमा लेटाङका जर्सी नंबर ८ का अनुप मगरले पहिलो गोल गर्दै लेटाङलाई १ -० को अग्रता दिलाएका थिए । त्यस्तै, ३० औ मिनेटमा लेटाङका सागर बिकले अर्को गोल थप्दै लेटाङलाई २-० को अग्रता दिलाए । 

खेलको उत्कृष्ट कोच लेटाङका ईन्द्र राई, उत्कृष्ट गोलकिपर बेलबारीका सन्तोस दनुवार, उत्कृष्ट डिफेन्स लेटाङका राजु मगर, उत्कृष्ट मिड फिल्ड बेलबारीका भक्त भण्डारी, उत्कृष्ट फरवार्ड लेटाङका सागर बिक, हाई स्कोरर लेटाङका आयुस लिम्बू र अनुप मगर भए । प्रत्येक उत्कृष्ट खेलाडीले नगद ३ हजार प्राप्त गरेका थिए । म्यान अफ द सिरिज बेलबारीका पारस खत्री भए  । उनले नगद ५ हजार प्रदान गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...