News Portal

मोरङको लेटाङमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन

हिमालीसंचार संवाददाता
१७५ पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र लेटाङको नवनिर्मित भवन तथा सिबिसी एनालाईजर मेसिनको नगर प्रमुख शंखर राईद्वारा उद्घाटन गरिएको छ। 

लेटाङ नगरपालिका लेटाङका नगर प्रमुख शंकर राई र उपप्रमुख कृष्ण कुमारी निरौलाले उक्त नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

आधुनिक स्वास्थ्य सेवाहरु थप गरिरहेको भवनको उद्घाटन गर्दै नगरप्रमुख शंकर राईले स्वास्थ्यलाई सुबिधासम्पन्न बनाउन सकेमा नगरले बिकासमा फड्को मार्ने बताए। सिमित जनशक्ती र श्रोतका बाबजुत प्राथमिक स्वास्थ्य केन्द्रले सेवा प्रवाह गरिरहेको बताए । अस्पतालमा स्थायी डाक्टरको अभावले समस्या भइरहेकाले सरकारले त्यसको समाधान गरिदिए स्थानीय समस्याबाट मुक्त हुने समेत बताए ।

नवनिर्मित भवन २ करोड ५ लाख ९८ हजार ९ सय दस  रुपैयामा निर्माणको जिम्मा लिएको पोलो फुन्मुन जेभिले बनाएको उक्त भवन गत पौष महिनाम नगरपालिकालाई हस्तान्तरण गरेको हो। अस्पतालले पुरानो भवनबाट सेवा दिईरहेको सेवाहरु अब नयाँ भवनमा प्रवाह गर्ने छ। 

अस्पतालले आधुनिक मेसिन ल्याएकाले रगतका सबै परिक्षण हुने अस्पतालका अध्यक्ष देबराज चाम्लिङले  जानकारी दिए  ।अस्पतालमा हाल एक्सरे सेवा समेत रहेको छ भने एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा दिने छ ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...