News Portal

  • मोरङको लेटाङमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    हिमालीसंचार संवाददाता
    ११३ पटक

    लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र लेटाङको नवनिर्मित भवन तथा सिबिसी एनालाईजर मेसिनको नगर प्रमुख शंखर राईद्वारा उद्घाटन गरिएको छ। 

    लेटाङ नगरपालिका लेटाङका नगर प्रमुख शंकर राई र उपप्रमुख कृष्ण कुमारी निरौलाले उक्त नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

    आधुनिक स्वास्थ्य सेवाहरु थप गरिरहेको भवनको उद्घाटन गर्दै नगरप्रमुख शंकर राईले स्वास्थ्यलाई सुबिधासम्पन्न बनाउन सकेमा नगरले बिकासमा फड्को मार्ने बताए। सिमित जनशक्ती र श्रोतका बाबजुत प्राथमिक स्वास्थ्य केन्द्रले सेवा प्रवाह गरिरहेको बताए । अस्पतालमा स्थायी डाक्टरको अभावले समस्या भइरहेकाले सरकारले त्यसको समाधान गरिदिए स्थानीय समस्याबाट मुक्त हुने समेत बताए ।

    नवनिर्मित भवन २ करोड ५ लाख ९८ हजार ९ सय दस  रुपैयामा निर्माणको जिम्मा लिएको पोलो फुन्मुन जेभिले बनाएको उक्त भवन गत पौष महिनाम नगरपालिकालाई हस्तान्तरण गरेको हो। अस्पतालले पुरानो भवनबाट सेवा दिईरहेको सेवाहरु अब नयाँ भवनमा प्रवाह गर्ने छ। 

    अस्पतालले आधुनिक मेसिन ल्याएकाले रगतका सबै परिक्षण हुने अस्पतालका अध्यक्ष देबराज चाम्लिङले  जानकारी दिए  ।अस्पतालमा हाल एक्सरे सेवा समेत रहेको छ भने एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा दिने छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...