आज : २०२६-०९-२१, सोमबार

म्यादी प्रहरीः एक किलोको ढक राख्ने युवक प्रहरी नियन्त्रणमा

काठमाडौं – कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ।

युवकले १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्‍याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए । 

उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको प्रहरीले बताएको छ । 

घटनाको विषयमा थप अनुसन्धान जारी रहको प्रहरीले बताएको छ। कपिलवस्तुमा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ । जस मध्ये १४५४ महिला रहेका छन् ।