News Portal

धरानलाई “खेलकूद ग्राम” बनाउन उपमेयर भण्डारीको पहल

हिमालीसंचार संवाददाता
१९५ पटक

धरान – धरान उपमहानगरपालिका धरानकी उपमेयर मञ्जु भण्डारीले धरानलाई “खेलकुद ग्राम”को लागि नेपाल सरकार खेलकुद मन्त्रालयका योजना महाशाखा प्रमुखलाई भेट गरेर स्पोर्टस भिलेज निर्माण कार्य अगाडी बढाउन पहल गरेकी छिन् ।

योजना महाशाखा प्रमुख विदुर खनाल पूर्वाञ्चल भ्रमणमा आएको समयमा उपमेयर भण्डारीले ध्यानाकर्षण पत्र बुझाएर निर्माणको प्रक्रिया अगाडी बढाउन आग्रह गरेकी हुन् । धरान उपमहानगरले यसअघि नै डिपिआर तयार पारिसकेकाले “खेलकूद ग्राम” निर्माणको लागि मन्त्रालयको बजेट धरानलाई आवश्यक पर्ने भण्डारीले बताइन् । धरान १७ को ४ विगाह क्षेत्रमा बन्न लागेको खेलकूद ग्राम खेलकूद क्षेत्रको नमुना क्षेत्रको रूपमा विकास गर्न लागेको हो। 

जिल्ला खेलकूद विकास समितिका अध्यक्ष घनश्याम बुढाथोकी सहितको भेटघाटमा प्रमुख खनालले चाडै यस विषयमा प्रक्रिया अगाडी बढाइने बताइन् । भारतका विभिन्न शहरको भ्रमण गर्ने क्रममा कर्नाटक सिटीमा खेलकूद ग्राम देखेपछि त्यही मोडेल अपनाउन लागेको उनको भनाई छ । खेलकूद ग्राम खेल मैदान मात्र नभएर खेलकूद पढाउने विद्यालय समेत रहेको उनले प्रस्ट पारेकी थिइन्। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...