News Portal

पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौँ। दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

दुबईमा रहेको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पती जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उनी त्यहाँको जेलमा रहेका छन्।

जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रवार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। उनलाई जेल पुर्याउनका लागि युएईस्थित नेपाली दूतावास नै लागि परेको उनका आफन्तहरुले आरोप लगाएका छन्।

युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ। पत्रकार पाण्डे निर्दोष रहेको र उनको बिनासर्त रिहाइ गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनमा सहभागी पिताम्बर भुसालले बताए।

प्रदर्शनमा वाक स्वतन्त्रता हनन्ः लोकतन्त्रको उपहास, पराइ भूमिमाः आफ्नैबाट नागरिक असुरक्षित, परराष्ट्रको मौनताः राजदूतलाई हौसला लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...