News Portal

धरानको वीपी प्रतिष्ठानले स्वास्थ्य बिमाको बारेमा भ्रम फैलायो : बिमा बोर्ड

“सर्वपक्षीय छलफल गर्न बिमा बोर्डका पदाधिकारीहरू सोमवार धरान आउने!”

हिमालीसंचार संवाददाता
२३१ पटक

धरान – धरान उपमहानगरपालिका धरान स्थित रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा सम्बन्धि देखाएको समस्याहरू झुटो र भ्रम फैल्याएको बिमा बोर्डले बताएको छ । 

नेपाली काँग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डलमा काठमाडौँ गएका धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईको नेतृत्वमा बिहीबार स्वास्थ्य बिमा बोर्डका निर्देशक सहित अधिकारीहरू बिच भएको छलफलमा उक्त जानकारी दिइएको मेयर राईले हिमालीसंचारडटकमसंग बताएका छन् ।

प्रतिष्ठानले स्वास्थ्य सेवा बन्द गर्ने भनी चैत ९ गते वीपीले प्रकाशित गरेको सूचनाले सेवाग्राहीमा फैलिएको भ्रमबारे छलफल गर्न बिमा बोर्डका पदाधिकारीहरू सोमवार धरान आउने भएका छन् । धरानका स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल सहित सर्वपक्षीय उपस्थितिमा बिमा बोर्डले धरानमै छलफल गर्ने बताएका छन्। 

धरानबाट प्रतिनिधि मण्डलको टोली, स्वास्थ्य सेवा विभाग स्थित स्वास्थ्य बिमा बोर्डको कार्यालयमै पुगेर वीपीले बिमाका सम्बन्धमा देखाएका समस्याहरूका बारेमा छलफल गरेको मेयर राईले बताए । छलफलमा बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बर्तौला, उपसचिव बाबुराम खनाल, वरिष्ठ स्वास्थ्य अधिकृत शम्भुप्रसाद ज्ञवाली, शाखा अधिकृत शोभित रिजाल उपस्थित थिए । 

धरानका प्रतिनिधि मण्डलबाट नगर प्रमुख मेयर तिलक राई, नेपाली काँग्रेस नगर सभापति श्याम पोखरेल, सुनसरी क्षेत्र ‘क’ सभापति अनिल श्रेष्ठ, क्षेत्र ख सभापति मुरारी भट्टराई सहभागी थिए। यसअघि प्रतिष्ठानको सूचनाले सेवाग्राही आतङ्कित भएपछि नगर प्रमुख मेयर राई, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखले वीपीका निमित्त अस्पताल प्रमुख सहित सम्बन्धित अधिकारीहरुसंग छलफल गरेका थिए ।

उक्त छलफलमा प्रतिष्ठानका अधिकारीहरूले बिमा बोर्डले बिमा रकम निकासा नगरेको, बिमा रकम दाबीको मुल्याङन ढिलाई गरेको, दाबी गरिएको दररेट घटाउने गरेको सहित १८ बुँदे समस्या देखाएका थिए । बिमा बोर्डले २०० रुपैयाँको ओपिडी कार्डको ५० रुपैयाँ मुल्याङकन गरेको, बिमित बिरामी दर्ता प्रतिष्ठानमा ८ बजे हुने तर बोर्डमा १० बजेपछि मात्र हुने समस्या देखाएको थियो ।

त्यस्तै, बिमा बोर्ड सँगको छलफलमा बिमा रकम निकासामा कुनै किसिमको ढिलाइ नभएको, बिमा दाबी रकममा कुनै कटौती नगरिएको बताइएको छ । बिमा बोर्डले बिरामी दर्ता २४ घण्टा खुला हुने व्यवस्था गरेको बताएको तर वीपीले भ्रामक कुरा किन गरेको भनी प्रश्न गरिएको मेयरलाईले बताए । उनले भने ‘यी सबै कुराको छलफल सोमवार बिमा बोर्डले धरानमै आएर गर्ने भएको हो ।’

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...