आज : २०२६-०९-२१, सोमबार

मोरङ जिल्लाको लेटाङ नगरपालिकाले योजना सम्बन्धी तालिम

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिकाले बैठक ब्यवस्थापन, माईन्युट लेखन, पालना गर्नुपर्ने आवश्यक कानूनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी लेटाङ नगरपालिकाको वडा नं. ४, ५ र ६ का उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएको छ ।

नगरका उपभोक्ताहरुले योजना सम्बन्धी पुर्ण जानकारी लिएपछि काम गर्न सहज बनाउने उदेश्यले तालिम दिएको प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहालले हिमालीसंचारडकमलाई जानकारी दिए । 

लेटाङ नगरपालिकाको सभाहलमा लेटाङ नगरपालिका वडा नं. ३, ४ र ५  वडाका उपभोक्ताहरुलाई तालिम दिईएको हो । नगरप्रमुख शंकर राईले उद्घाटन गरेका तालिममा ७० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

लेटाङ नगरपालिकाका उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहाल, लेखा अधिकृत शुशिल बास्तोला, योजना शाखा प्रमुम भुपेन्द्र दाहालले तालिम दिएका थिए।