News Portal

खोटाङ जिल्लाका पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे!

हिमालीसंचार संवाददाता
१९० पटक

खोटाङ – नेपालका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले महँगो चार पांग्रे गाडीको मोह भएपनि केही जनप्रतिनिधिहरुले आफुले पाएका सेवा सुविधा गाडि खरिद नगरी आफ्नो कार्यकाल बिताउन लागेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङ जिल्लाका चार स्थानीय तहका जनप्रतिनिधिले भने आफुले पाएका गाडी खरिद गरेका छैनन् ।

जिल्लाका वराहपोखरी, जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिहरुले नागरिकको आवश्कयतालाई प्राथमिकतामा राखेर धेरै रकम पर्ने चार पांग्रे गाडी खरिद गरेनन्। जिल्लाका चार पालिकाका अध्यक्ष र उपाध्यक्षले मोटरसाइकल भने खरिद गरेका छन् । नागरिकका घरआँगन पुग्नुपर्ने भएकाले थोरै रकमको दुई पांग्रे मोटरसाइकल खरिद गरेका छन्। 

“एकातिर गरिबी र अर्कोतिर भौगोलिक विकटताका कारण नागरिकहरूले अझै पनि लौरो टेकेर ढाकर बोकिरहेको अवस्थामा मैले महंगो गाडी चढेर सान देखाउनुको अर्थ छैन,” वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जारा भन्छन्, “म एक्लैले सुखसयल गरेर हुँदैन, गाउँपालिकाका जनता सुखी भए न जनप्रतिनिधि हुनुले मतलब राख्छ ।”

गाडी सुविधा मात्र नभई आफूले क्वार्टरसमेत नलिएको र कार्यकाल सकिएपछि आफूले बुझाउनुपर्ने एउटा मोबाइल र मोटरसाइकल मात्रै रहेको उनी बताउछन् । वराहपोखरी गाउँपालिकामा जनप्रतिनिधिका लागि चार पांग्रे गाडी किन्ने रकम एम्बुलेन्स र जेसीबी खरिदमा खर्च गरेको उनी बताउ छन्।

जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले जनप्रतिनिधिले आफ्नोभन्दा जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउछन् । “हामी जनप्रतिनिधिहरूले सुविधाभोगी हुनुभन्दा जनतालाई सुविधा दिनुपर्छ । हामीले जनताकै लागि भनेर गाडी किन्ने रकमले जेसीबी खरिद गरेका छौँ,” अध्यक्ष राईले भन्छन्, “बर्खा याममा अघिअघि जेसीबी गएर बिग्रे भत्केको सडक मर्मत गर्छ । पछिपछि बिरामी बोकेर एम्बुलेन्स वंशिलाघाट हुँदै धरान, विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्छन् । यसरी थुप्रै ज्यान जोखिममा परेका नागरिकलाई हामीले बचाएका छौँ ।” जन्तेढुंगा गाउँपालिकालाई एम्बुलेन्स भने भारतीय भूतपूर्व सैनिक संस्थाले दिएको छ ।

साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले पनि जनप्रतिनिधिका लागि चार पांग्रे गाडी किन्ने रकम एम्बुलेन्स खरिदमा खर्च गरेको बताए। “जनताको जीवनस्तर कहाँ छ, त्यो कुरालाई प्राथमिकतामा राख्नुपर्यो नि,” खड्का भन्छन्, “गाडी किन्ने पैसा एम्बुलेन्स खरिद र गाउँपालिकाको विकास निर्माणमा लगानी गर्यौँ ।”

त्यस्तै, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले आफ्नो सुविधाका लागि नभई जनताको सेवाका लागि आफू निर्वाचित भएको बताउछन् । केपिलासगढी गाउँपालिकामा गाडी खरिदमा खर्च हुने रकम केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने तापखोलामा मोटरेबल पक्की पुल निर्माणका लागि खर्च गरिएको अध्यक्ष राईले बताउए ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...