News Portal

गैर आवाशीय नेपाली संघमा बिबादै बिबाद पद अस्विकार गर्दै मनोनयन दस्तुर फिर्ता माग

हिमालीसंचार संवाददाता
२६० पटक

काठमाडौं – गैर आवाशीय नेपाली संघ हालै सहकोषाध्यक्ष पदमा मनोनित दिपक शर्माले उक्त पद अरु कसैलाइ दिन र आफ्नो मनोनयन दस्तुर फिर्ता गर्न माग गरेका छन्।शर्माले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएका थिए।

आफूसँग कुनै सर सल्लाह नगरि सहमति बिना गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सह कोषाध्यक्ष पदमा नियुक्त गरेको जानकारी गराएकाले त्यसमा असहमति जनाएको उल्लेख गरेका छन्।

उनले पूर्व अध्यक्षहरु, नवनियुक्त अध्यक्षहरु एवं सम्पूर्ण नवनियुक्त पदाधिकारीहरुका नाममा खुला पत्र सार्वजनिक गर्दै भनेका छन् “पदिय हिसाबले क्षेत्रीय संयोजक भन्दा ठूलो भएता पनि यो त कस्तो भयो भने एउटा इन्जिनियरले इन्जिनियरको लागी आवेदन दिएको र उसलाइ लेखापालमा नियुक्ति गरे जस्तो भयो।

उनले आफू कुनै पनि पद पाउँला भनेर बार्गेनिङको लागी चुनाव नलडेको, पदलुप्त पनि नभएको, आफ्नो मर्यादा र नैतिकता (डिग्निटी) समेत अहिलेसम्म नबेचेको र बिगत १४ वर्ष देखि एनआरएनमा निरन्तर निस्वार्थ काम गर्दै आइरहेको स्मरणसमेत गराएका छन्।

खुला पत्रमा उनले भनेका छन।हो मलाई खुरापाती गर्न आउँदैन। तर गलत कुराको खुलेर बिरोध गर्न कसैले रोक्न पनि सक्दैन। संस्था फुट्नु हुन्न भनेर म पनि भरमग्दुर लागी रहें। तर पदका लागी कहिले यता त कहिले उता दगुरी हाल्ने अनि पदको लागि जुन हदसम्म पनि गिर्न पछि नपर्ने इमान नभएका केही जत्थाको कारण नै एनआरएनमा आजको यो अवस्था आएको हो।

सस्था फुट्नु नहुने तर सहमतिको नाममा गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा विश्व सम्मेलनमा बिधानको जुन धज्जी उडाइएको छ त्यो इतिहासले कहिलै पनि बिर्सिने नसक्ने भनाईपनि उनले राखेका छन्। विधान संशोधन गर्नुपर्ने तर प्रक्रिया पुर्याएर गर्नुपर्ने तर्क उनको छ।

‘विधानको बारेमा महाधिवेशनमा छलफल नै नगरिकन विधानको ड्राफ्ट सद्स्यहरुलाई उपलब्ध समेत नगराइकन कुनै कोठामा बसेर विधान संशोधन गर्न विधानको कुन धाराले दिन्छ ? उनले जानकारी समेत माग्दै भनेका छन्। खुलेर भन्नुपर्दा यो निर्वाचन नभैकन नियुक्ति हो।

आफूलाई अड्डा अदालत जाने समय नभएको उल्लेख गर्दै उनले आफूले उम्मेदवारीस्वरुप बुझाएको साँढे तीन लाख रुपियाँ दस्तुर फिर्ता गर्नुपर्ने माग गरेका छन्।

ओसेनिया क्षेत्रीय संयोजक पदका लागि प्रक्रिया पुर्याएर उम्मेदवारी फारम सहित दस्तुर स्वरुप बुझाएको मेरो आफ्नो मेहनतको कमाइ रु.३,५०,०००( तीन लाख पचास हजार) फिर्ता पाउँ भनी अनुरोध समेत गर्द्छु। र यो मलाई सुम्पिएको सह कोषाध्यक्षको पद अरु कसैलाई दिन विनम्र अनुरोध समेत गरे।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...