News Portal

गैर आवासीय नेपाली संघको लोगो बिबादमा

हिमालीसंचार संवाददाता
२२६ पटक

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)को पटक–पटक सरेको निर्वाचनकाबीच भईरहेको विवाद त छँदै आधिकारिक नभएको खुलासा, लोगो दाबीयो। उक्त विवाद कायम रहेकैबेला एनआरएनएको आधिकारिकतामा समेत गम्भीर प्रश्न उठेको छ।

हाल कुमार पन्तको नेतृत्वमा रहेको एनआरएनएले एउटा मिति र संरक्षक शेष घलेले घोषणा गरेको अर्को समितिले अर्को निर्वाचन मिति पक्का गरेकाबेला उक्त संस्थाले प्रयोग गरिरहेको लोगो समेत आधिकारिक नभएको भन्दै एक विज्ञप्ति सार्वजनिक भएको छ। उक्त विज्ञप्ति सार्वजनिक भएसँगै एनआरएनएको आधिकारिकतामा प्रश्न उठेको छ।

दुई पक्षीय विवादको कारण फुटको डिलमा पुगेको यो संस्थाको लोगो आधिकारिक नभएमा खारेजीको अवस्थामा पुग्नेसम्मको चर्चा यतिबेला सुनिन थालेको छ। विश्वका विभिन्न देशमा पेशा तथा व्यवसायमा संलग्न नेपालीहरुको साझा संस्थाको रुपमा स्थापना भएको भनिएको गैरआवासीय नेपाली संघ दुइ पक्षबीचको टकरावकै कारण फुटको संघारमा रहेका बेला आएको लोगो विवादले नयाँ तरंग पैदा गरेको छ।

एनआएनए नन रेसिडेन्ट नेपाली एसोसएिसनका संयोजक माधब मरासिनीका नामबाट बिहीबार सार्वजनिक भएको विज्ञप्तिले एनआरएनएलाई तरंगित बनाएको हो।

एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्तलाई सम्बोधन गरेर लेखिएको पत्रमा हाल उक्त संस्थाले प्रयोग गरिरहेको लोगो प्रयोग नगर्न ध्यानाकर्षण गराइएको छ।उक्त लोगोको ट्रेडमार्क समेत सम्बन्धित निकायमा दर्ता गराई सकिएको मरासिनीले लेखेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

एनआरएनएको निर्वाचन नजिकिएको बेला ध्यानाकर्षण पत्र सार्वजनिक भएसँगै यस संस्थाको नेतृत्वकर्तामाथि नैतिक दबाब बढेको छ। संस्थाले कि त लोगोको दाबी गर्ने संस्थामाथि कारवाही गरेर आफ्नो आधिकारिकता पुष्टि गर्नुपर्ने या त संस्थाको खारेजीलाई स्वीकार गर्नु पर्ने भन्दै टिप्पणी हुन थालेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...