News Portal

मोरङको वेतना क्षेत्रबाट चाँदीको गर-गहना लुटपाटमा संग्लग्न ४ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
२३२ पटक

वेलबारी – मोरङ जिल्लाको बेलवारी नगरपालिका-४ स्थित बेतना सिमसार क्षेत्रबाट गत ८ गते चाँदीको गर-गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका-१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी-५ का २४ बर्षीय बादल बि.क. रहेका प्रहरीले बताएका छन् । 

पक्राउ परेको उक्त समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेको प्रहरीले बताएको छ । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जना युवालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो । 

घटनामा संग्लग्न अर्का एक जना युवा भने अझै फरार रहेको र उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...