News Portal

गैरआवासीय नेपाली संघको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौ – काठ्माण्डौको होटल याक एण्ड यति दरबारमार्गमा सम्पन्न गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट २०२१-२०२३ कार्यकालको लागि बिनोद कुँवरकोअध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ।

नव निर्वाचित नेतृत्वले मार्च २६, २०२२ मा बैठक बसी संघ दर्ता(६३१५) भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा बिधान दर्ता गर्ने निर्णय गरेको थियो। सोहि अनुरुप अध्यक्ष कुँवर र अन्य कार्यकारी सदस्यहरु आज मार्च २७, २०२२ आइतबार मन्त्रालय पुगेर बिधान दर्ता गराएका छन्।

पदाधिकारीहरुबाट सहि गरेको बिधान आज मार्च २७, २०२२ का दिन बिहान करिब ११:०० बजे दर्ता गरिएको कुरा संघका अध्यक्ष बिनोद कुँवरले जानकारी दिनुभयो। उहाँले अब सचिवाल गएर अफिस संचालन गर्ने जानकारी दिनुभएको छ।

यसपूर्व गैरआवासीय नेपाली संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले संघको १० औं महाधिवेशन सम्पन्न गर्ने संघका प्रमुख संरक्षक शेष घलेलाई जिम्मेवारी र अधिकार सहितको पत्र दिएको थियो।

प्रमुख संरक्षक शेष घलेले सो जिम्मेवारी पुरा गरेको र अब नयाँ नेतृत्वले संघलाइ अगाडि लैजाने कुरामा आफू विश्वश्त रहेको कुरा महाधिवेशनको समापनमा बताउनु भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...