News Portal

निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै

हिमालीसंचार संवाददाता
१९२ पटक

काठमाडौं – आगामी वैशाखमा हुने स्थानीय चुनावलाई निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। आज आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने श्रोतले बताएका छन् ।

मतदाताका नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय दिएको थियो। आयोगका अनुसार दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन्। अब एक करोड ७७ लाखभन्दा बढी मतदाता कायम भएका छन्।

आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन। आयोगले वडा, ७५३ पालिका र ७७ वटै निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ।

विस ०७९ वैशाख २९ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...