News Portal

मोरङको लेटाङमा ऐतिहासिक महापुराण शुरु, ५ बर्षीय बालकद्वारा भागवत पाठ

हिमालीसंचार संवाददाता
२०२ पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ स्थित चिसाङमा गंगाघाट निर्माण समितिको आयोजना तथा आराधना कृतन समुहको सहयोगमा चिसाङ खोलामा ब्यबस्थित घाट निर्माणका लागि सहयोग जुटाउने उदेश्यले आयोजना हुनलागेको श्रीमद्भागवत संगितमय सप्ताह महापुराणको बिधिवत कलस यात्रा सहित शुभारम्भ भएको छ।

सुकदेब स्वामिबाट कथा बाचन हुने साथै विश्वमै पहिलो पटक ५ बर्षीय बालकद्वारा समेत गिता तथा भागवत पाठ गर्ने भएकोले लेटाङमा हुने महापुराण एतिहासिक हुने आयोजकले जनाएको छ।  

महापुराणको संघीय सांसद घनश्याम खतिवडा, लेटाङ नगरपालिकाको प्रमुख शंकर राई तथा उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन बालेर कार्यक्रम उद्घाटन गरेका थिए । 

पबित्र उदेश्य लिएर पुराण सुरु गरिएकाले सबैले एकपटक पुराण सुनेर पबित्र हुन आयोजकले स्थानीय सबैमा आग्रह गरेको छ । सम्पूर्ण महानुभावहरुलाई कथा श्रवण गर्न र आफुले सकेको सहयोग गरेर घाट निर्माण कार्यमा सहयोग पुर्याइ दिन वडाअध्यक्ष तेज प्रसाद तिम्सिनाले आग्रह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...