News Portal

  • इश्वरपुरमा झडप हुदा जसपाका प्रमुख सचेतक साह घाइते, युवाले खोसे पेस्तोल र गोली

    हिमालीसंचार संवाददाता
    १७३ पटक

    मलङ्वा – सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका-६ बयलबास बजारमा रहेको बाटोको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप हुदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नं. १ का संघीय सांसद प्रमोद साह घाइते भएका छ्न्।

    सांसद साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते भएका साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाटो विस्तार गर्ने क्रममा बाटो छेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । 

    बाटोको सीमांकन भइ सकेपछि बाँकी रहेको जमिनमा क्लबको भवन बनाउनुपर्ने युवाहरुको माग रहेको छ । तर सांसद साहले भत्केको क्लबको भवनलाई त्यस ठाउँमा नबनाई अर्को ठाउँमा बनाउनुपर्ने भनेपछि युवाहरु आक्रोशित भएका थिए । 

    सांसद साहले आफ्ना समर्थक लिएर बजारमा प्रदर्शन गर्न जाँदा युवाहरु आक्रमणमा उत्रेका थिए । घटनामा साहको सुरक्षागार्ड असइ विनोदप्रसाद यादवमाथी समेत कुटपिट भएको छ । यादवको साथमा रहेको एक थान पेस्तोल र ७ राउन्ड गोलीसमेत युवाहरुले खोसेर लगेको यादवले बताएका छ्न् । युवाहरुले एउटा भारतीय स्करपियो र करिब १ दर्जन मोटरसाइकल समेत तोडफोड गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...