News Portal

म्यादी प्रहरीका लागि झन्डै तेब्बर आवेदन

हिमालीसंचार संवाददाता
१९३ पटक

काठमाडौं – स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीको माग गरेको थियो। म्यादी प्रहरीका लागि झन्डै तेब्बर संख्यामा आवेदन परेको श्रोतले बताएको छ । हिजो शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीका लागि भर्ना खोलेको थियो । प्रहरी प्रधान कार्यलयका अनुसार सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमा निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार चैत ९ गते सबभन्दा बढी ५८ हजार २२१ जनाले आवेदन दिएका थिए । जसमा महिला ११ हजार २८६ र पुरुष ४६ हजार ९३५ जना रहेका छन् ।

यसअनुसार प्रदेश १ मा १७८३१, मधेसमा २१६९८, वाग्मतीमा १९३६३, गण्डकीमा १०६२५, लुम्बिनीमा १६०९८, कर्णालीमा ७७१३ र सुदूरपश्चिममा ९९३७ म्यादी मागिएको थियो। काठमाडौं उपत्यकामा भने ४७३५ जना मागिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...