News Portal

दिक्तेल मेयर कप तेश्रो केएफए फुटबल प्रतियोगीता शुरु

हिमालीसंचार संवाददाता
२८४ पटक

गोपाल राई/खोटाङ – खोटाङ जिल्लामा “दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता शुरु भएको छ । 

खोटाङ फुटबल एकेडेमीको आयोजनामा जिल्लाको सदरमुकाम दिक्तेलमा आगामी १८ चैतसम्म सञ्चालन हुने प्रतियोगीता शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् । दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास लगत्तै दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता उद्घाटन गरिएको हो ।

‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित सुरु भएको प्रतियोगीतामा जिल्लाभरका १६ टिमको प्रतिष्पर्धा हुने प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले हिमालीसंचारडटकमसंग बताए ।

आयोजित खेलमा डिफेन्डिङ च्याम्पियन युवा जागरण स्पोर्ट्स क्लब र बुइपा ११ बिच भएको उद्घाटन खेलमा युवा जागरण स्पोर्ट्स क्लब विजयी भएको छ । युवा जागरणले २ गोल गर्दा बुइपा ११ ले कुनैपनि गोल गर्न सकेन । उद्घाटनकै अवसरमा नगरपालिका र निर्माण व्यवसायी बिचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो ।

स्थानीय फुटबल टिम र खेलाडीको प्रवद्धनका लागि आयोजना गरिएको प्रतियोगीताका विजेता टोलीले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएका छन् ।

यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने प्रतियोगीताका संयोजक श्यामकुमार पौडेलले बताए ।

प्रि–क्वाटरफाइनलमा विजयी हुने टिमलाई २ हजार, क्वाटरफाईनल जित्नेलाई ३ हजार, सेमीफाइनल जित्नेलाई ३ हजार ५ सय र फाइनल जित्नेलाई थप ४ हजार प्रोत्साहन रकम प्राप्त गर्ने छन् ।

नगरपालिकाको मूख्य प्रायोजक रहेको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगीतामा सहभागी गराइएको छ । एकेडेमीले विस २०७४ साल र विस २०७७ सालमा फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...