News Portal

  • दिक्तेल मेयर कप तेश्रो केएफए फुटबल प्रतियोगीता शुरु

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    गोपाल राई/खोटाङ – खोटाङ जिल्लामा “दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता शुरु भएको छ । 

    खोटाङ फुटबल एकेडेमीको आयोजनामा जिल्लाको सदरमुकाम दिक्तेलमा आगामी १८ चैतसम्म सञ्चालन हुने प्रतियोगीता शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् । दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास लगत्तै दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीता उद्घाटन गरिएको हो ।

    ‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित सुरु भएको प्रतियोगीतामा जिल्लाभरका १६ टिमको प्रतिष्पर्धा हुने प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले हिमालीसंचारडटकमसंग बताए ।

    आयोजित खेलमा डिफेन्डिङ च्याम्पियन युवा जागरण स्पोर्ट्स क्लब र बुइपा ११ बिच भएको उद्घाटन खेलमा युवा जागरण स्पोर्ट्स क्लब विजयी भएको छ । युवा जागरणले २ गोल गर्दा बुइपा ११ ले कुनैपनि गोल गर्न सकेन । उद्घाटनकै अवसरमा नगरपालिका र निर्माण व्यवसायी बिचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो ।

    स्थानीय फुटबल टिम र खेलाडीको प्रवद्धनका लागि आयोजना गरिएको प्रतियोगीताका विजेता टोलीले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएका छन् ।

    यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने प्रतियोगीताका संयोजक श्यामकुमार पौडेलले बताए ।

    प्रि–क्वाटरफाइनलमा विजयी हुने टिमलाई २ हजार, क्वाटरफाईनल जित्नेलाई ३ हजार, सेमीफाइनल जित्नेलाई ३ हजार ५ सय र फाइनल जित्नेलाई थप ४ हजार प्रोत्साहन रकम प्राप्त गर्ने छन् ।

    नगरपालिकाको मूख्य प्रायोजक रहेको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगीतामा सहभागी गराइएको छ । एकेडेमीले विस २०७४ साल र विस २०७७ सालमा फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...