News Portal

भिटोफ नेपालकाे अध्यक्षमा गोपाल थापा ३०३ मत प्राप्त गरी विजयी 

हिमालीसंचार संवाददाता
२९६ पटक

 काठमाडौं – गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल)को अध्यक्षमा गोपाल थापा विजयी भएका छन्।मञ्चको शुक्रबार काठमाडौँमा भएको २४ औँ वार्षिक साधारण सभा तथा केन्द्रिय कार्य समितिको निर्वाचन बाट थापा अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डे लाई १४८ मतले हराउँदै विजयी भएका हुन।

थापाले ३०३ मत पाएका थिए भने पाण्डेले १५५ मत पाएकी थिन। अध्यक्ष र कोषाध्यक्ष पदमा भएको निर्वाचनमा थापा समुहकै कोषाध्यक्षमा सकुन्तला देवकोटा विजयी भएकी छन्।उनले ३०० मत पाएकी छिन् भने उनका प्रत्यासी गौरी उप्रेतिले १६४ मत पाएकी थिन् ।

यस्तै अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा तारालाल धरेल, द्वितीय उपाध्यक्षमा नबराज थापा सचिबमा दिपक पाण्डे महासचिबमा निषेश थापा सह कोषाध्यक्षमा मनहरी दाहाल सदस्यहरुमा शैलेश लामिछाने हरि बहादुर बस्नेत र सागर आचार्य सर्बसम्मत निर्वाचित भैसकेका छन।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...