News Portal

खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी बसन्त हरियाली क्लवले जित्यो

हिमालीसंचार संवाददाता
३०७ पटक

लेटाङ – एकता स्पोर्ट क्लब लेटाङ २ को आयोजनामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी बसन्त हरियाली क्लव लेटाङ ९  जाँतेले प्राप्त गरेको छ । आज लेटाङ २ को खेलमैदानमा द ब्वाइज क्लब संग भएको प्रतिस्पर्धामा १-० गोल अन्तरले विजय भएको हो ।

कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख राईले लेटाङको खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई अन्तरास्ट्रिय क्षेत्रसम्म लेटाङ र नेपालको नामलाई उच्च बनाईरहेको भन्दै अझै सफलताको सुभकामना दिएका थिए। खेल जीवनलाई स्वास्थ्य अनुसाशित  बन्नका लागि भन्दै खेललाई वृद्धि गर्नका लागि लेटाङ नगरपालिकाले रंगशाला निर्माण गर्ने योजना अघि सारेको बताए । नगरले खेल जगतको बिकासका लागि महत्वका साथ हेरिएकाले सबै खेललाई नगरले उत्तिकै महत्व दिएर योजना बढाईरहेको वताए ।

विजय टिमले २० हजार नगद सहित सिल मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वेलवारीले नगद १० हजार सहित सिल, मेडल  र प्रमाणपत्र प्राप्त गरेका छन् । 

लेटाङ नगरपालिका र वडा न २ को आर्थिक सहयोगमा भएको प्रतियोगितामा ८ टिमको सहभागि रहेको थियो ।  आजको खेलमा विजेतालाई मेयर शंकर राई ,  वडा २ का वडाध्यक्ष तेज प्रसाद तिम्सिना, समाजसेवि बाल कुमार ठकुरी लगायतले पूरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...