News Portal

नेपालमा बर्सेनी २० वर्षभन्दा कम उमेरका ९ हजारले गर्भपतन गराउँछन्

“सबैभन्दा धेरै गर्भपतन गर्ने बागमती प्रदेश!”

हिमालीसंचार संवाददाता
३०८ पटक

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तिमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ सालमा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

नेपालमा अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाइने प्रावधान छ । गएको तीन वर्षमा २० वर्षभन्दा कम उमेर समूहमा सुरक्षित गर्भपतन गराउनेहरुको आँकडा हेर्दा वार्षिक नौ हजार जनासम्मले गर्भपतन गराएको अभिलेखिकरण पाइएको छ । 

सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेर समूहका सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । यस्तै, सबैभन्दा कम सुरक्षित गर्भपतन गर्ने वृद्ध समूह गरेका छन् । विस २०७४/७५ सालमा सुरक्षित गर्भपतन गराउने २० वर्ष भन्दा कम उमेरका ९ हजार ८६४ जना थिए । यस्तै, २०७५/७६ सालमा ८ हजार १६० जनाले गर्भपतन गराएकोमा ७ हजार ९०८ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यस्तै, उल्लेखित तीन वर्षमा २० वर्षभन्दा कम उमेरका युवतीले क्रमशः १० प्रतिशत, ९ प्रतिशत, ९ प्रतिशतले सुरक्षित गर्भपतन गराएको सरकारी आँकडाले देखाउँछ 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिवार नियोजन तथा सुरक्षित गर्भपतन शाखाका प्रमुख नर्स सगुन थापाका अनुसार दैनिक १४ देखि १६ जनासम्मले सुरक्षित गर्भपतन गराउँछन् । जसमा २० वर्षभन्दा कम उमेरका दैनिक एक–दुई जना आइपुग्छन्  । महिनामा करिब ४ सय ८० जनाले सुरक्षित गर्भपतनको सेवा लिन्छन् भने तीमध्ये २० वर्षभन्दा कम उमेर समूहका १५ देखि १८ जनामा सुरक्षित गर्भपतनका लागि अस्पताल पुग्ने गर्छन् । 

प्रसूति गृहमा वार्षिक रुपमा सरदरमा २१६ जनाले  सुरक्षित गर्भपतन गराएको अस्पतालले जनाएको छ । प्रसूति अस्पतालका नर्स थापाका अनुसार २० वर्षभन्दा कम उमेर समूहका युवती सुरक्षित गर्भपतनका लागि न्यून सङ्ख्यामा आउने गरेका छन् । सुरक्षित गर्भपतन गराउन सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी स्वास्थ्य संस्थामा २० वर्षभन्दा कम उमेरका पुग्ने गरेको परिवार कल्याण महाशाखाका एक अधिकारीको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...