News Portal

हङकङ सरकारले कोभिड १९ का कारण रोजगार गुमेकालाई १० हजार हङकङ डलर दिने

हिमालीसंचार संवाददाता
३२७ पटक

युवा राई हङकङ/-हङकङ सरकारले कोभिड-१९ महामारीका कारण जागिर गुमेकालाई १० हजार हङकङ डलरको आर्थिक सहायता उपलब्ध गराउंने प्रक्रिया शुरु गरेको छ। नीति आविष्कार र समन्वय कार्यालयकी प्रमुख डोरिस हो पुइ-लिङले शुक्रवार १० हजार हङकङ डलरको अस्थायी बेरोजगार राहतको विवरण घोषणा गरेकी छन्।उनले बेरोजगार व्यक्तिहरू चाहे पार्ट टाइम होस् वा स्व-रोजगारमा कुनै उद्योग प्रतिबन्धबिना आवेदन दिन योग्य हुने बताएकी छन्।

१ अक्टोबर २०२१ देखि ३१ डिसेम्बर २०२१ सम्मको तीन महिनाको अवधिमा कम्तिमा एक महिना हङकङमा काम गरेर जागिर गुमाउंने १८ वर्षमाथिका व्यक्तिले आवेदन दिन पाउंने छन्। बेरोजगार हुनुअघि मासिक तलब ३० हजार भन्दा कम हुनु पर्नेछ। त्यसभन्दा बढी तलब पाएका व्यक्तिले आवेदन भर्न पाउंने छैनन्।

आवेदन दिने मिति २३ मार्च बिहान ८ बजेदेखि १२ अप्रिल ११.५९ बजेसम्म रहेको छ।स्वीकृत भएका आवेदकलाई एसएमएस र इमेलद्वारा सूचित गरिने जनाएको छ। योग्य आवेदकहरूले आवेदन पेश गरेको तीनदेखि चार हप्तापछि पैसा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...