News Portal

  • जग्गा किर्ते गरी झुक्याएर पास गर्ने ७ जनालाई प्रहरीले  सार्वजनिक गर्यो

    हिमालीसंचार संवाददाता
    १६३ पटक

    संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रङकी ७५ वर्षीया बिममायाँ तामाङलाई वृद्धभत्ता दिलाई दिने आश्वासनमा २७ रोपनी जग्गा पास गर्ने ७ जना पक्राउ परेका छन्।जग्गा किर्ते गरि झुक्याएर पास गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले (आज) शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

    जग्गा किर्ते काण्डमा संलग्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष ३५ वर्षीय किङसाङ भोटे, त्यही वडाका स्थानीय ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीय कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा महेन्द्रकुमार पराजुली, लेखापढी व्यवसायी अनिस गुरुङ र चैनपुरका ३५ वर्षीय पासाङ शेर्पा पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार जग्गा किर्ते गरि पास गर्ने योजना बिममायाँको गाउँले भदा साइनो पर्ने सुरेन्द्र तामाङले शुरुवात गरेको देखिन्छ। सुरेन्द्रले जग्गा पास गर्नका लागि वडा कार्यालयमा सिफारिस लिन जाँदा वडाध्यक्ष किङसाङ भोटेसँग सल्लाह गरेको र त्यही अनुसार मालपोत कार्यालयबाट पास गर्नका लागि पुरानै चिनजानका कर्मचारी महेन्द्रकुमार पराजुलीसँग बसेर योजना बनेअनुसार तीव्र गतिमा कसैले थाहै नपाई जग्गा पास गरेको अनुसन्धानबाट देखिएको छ।

    ‘गाउँका अनपढ सोझी वृद्ध महिला, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने ७५ वर्षीय वृद्धालाई सुरेन्द्रले वृद्धा भत्ता बनाउनुपर्छ भनेर मालपोत कार्यालय खाँदबारी लगेर सबै जग्गा उनीहरु ३ जना सुरेन्द्र, वडाध्यक्ष किङसाङ र पासाङ शेर्पाको नाममा पास गरेको पाइयो’, प्रनाउ सुवेदीले भन्नुभयो, ‘जग्गा दलाल गर्ने यहाँभित्र पनि गिरोहहरु लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ, अझै केही मानिसहरु तानिन सक्छन्। मालपोत कार्यालयका नासु महेन्द्रको घरमा पासाङ शेर्पा भाडामा बस्छन्। पासाङको नाममा जग्गा पास गरेर महेन्द्रले दुई हप्तापछि उनको श्रीमती कविता पराजुलीको नाममा नामसारी गरिएको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।प्रचलित कानुन अनुसार जग्गा किर्ते र ठगी काण्डमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुन्छ। त्यसपछि कानुन अनुसार अगाडि बढ्ने प्रनाउ सुवेदीको भनाइ छ।

    बिममायाँको नाममा रहेको २७ रोपनी जग्गा १०६८ मेगावाटकोअरुण जलविद्युत् आयोजनास्थल भित्र पर्छ । त्यसैले करौडो रुपैयाँ मुआब्जाको लोभमा सुरेन्द्र, वडाध्यक्ष किङसाङ र मालपोत नासु महेन्द्रको नजर परेको हो । उनीहरुले बिममायाँ तामाङको नाममा रहेको कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ मध्ये मुआब्जा पाउने दुई कित्ता नम्बर २७५ र २८० मात्रै तीन जनाले आफन्तको नाममा रजिष्ट्रेसन पास गरेका हुन् ।सुरेन्द्रले वृद्धाभत्ता दिलाई दिने आश्वासन दिएर घरैमा गई खाँदबारी सम्म ल्याई तीन दिन उनकै कोठामा राखेका थिए । बिममायाँलाई मालपोत कार्यालयमा लगेर जग्गा पास गरेका थिए।

    सुरेन्द्रले तीन दिन पछि बिममायाँलाई घरमा पु¥याई बृद्धाभत्ता वापतको रकम भन्र्दै २० हजार रुपैयाँ दिएको पाइएको प्रहरीको भनाइ छ । स्थानीयहरुले अपर अरुण जलविद्युत्त आयोजनासँग प्रतिरोपनी मुआब्जा १० देखि १५ लाख रुपैयाँ माग राख्दै आएका छन्। यसरी हेर्दा उनीहरुले करिब तीन करोड रुपैयाँ भन्दा माथिको जग्गा किर्ते गरि झुक्याएर पास गरेका हुन् । नेपाल सरकार आफैले निर्माण गर्ने तयारीमा रहेको अपर अरुणको मुआब्जाको दररेट भने निर्धारण भईसकेको छैन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...