News Portal

पर्साको अलौमा रहेको स्वास्थ्य चौकिले गर्भवती महिला र बच्चाको जीवनसंग खेलवाड गर्दै

हिमालीसंचार संवाददाता
३३७ पटक

श्यामल कुमार गिरी बारा – बीरगंज महानगर पालिका वडा नं १७ मा रहेको स्वस्थ्य चौकीले गर्भवती महिला र बच्चाको जीवनसंग खेलवाड गर्दै गरेको छ। गर्भवती महिलाको शरीरमा आइरनको कमी हुनबाट जोगिनको लागि फोलस (folus) नामक औषधि वितरण गरेको छ।

कार्यालयमा रहेको (folus) नामक औषधिको म्याद बिग्रिने समय अवधि ४ महिना रहेपनि औषधि राख्ने व्यवस्था सही तरिका नभएको कारणले औषधि बिग्रिदै गएको छ।

कार्यालयमा कार्यरत रहेकी डा. इन्दिरा बस्नेतले गर्भवती महिलाको चेक जाँच गरी बिग्रेको औषधि वितरण गरेकी छिन्। खबर वीरगंज मीडियाका संचारकर्मी कार्यालयमा पुग्दा डा. इन्दिरा बस्नेतसंग कुराकानी गर्दा उहाँले भनिन् हामीले यो औषधि दिनु भन्दा पहिला नै जुन औषधि बिग्रेको छ त्यो न खानु र जुन ठीक छ त्यो हेरेर खानु होला यस्तो कुरा को जानकारी दिनुभयो।

यदि कोई महिलाले बुझिनँ भने यो बिग्रेको औषधि खाइदिन्छ। बिग्रेको औषधि खाएंभने आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्न सक्छ। बस्नेतले भनिन् वीरगंज महानगर पालिकाले जस्तो औषधि दिएको छ हामी त्यही वितरण गरेका छौ। हामी कहाँ अन्य धेरै औषधि छन जसमध्ये मात्र यो आइरन को औषधि महानगर पालिका ले यस्तो दिएको छ।

कसरी महानगर पालिका र वडा न. १७ का वार्ड कार्यालयले यस्तो गैर जिमेवारी पूर्वक काम गर्न सक्छ। यस्तो औषधि जलाएर नष्ट गर्नु परेको खण्डमा झन् बिग्रेको औषधि वितरण गरेको छ। यदि यस्ता बिग्रेको औषधि खाएर आमा र बच्चा लाई केही भयो भने यसको जीमेवारी कसको।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...