News Portal

कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतमा सुरु

हिमालीसंचार संवाददाता
३९३ पटक

सुर्खेत। कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको छ। २०७६ बाट सुरू भएको उक्त उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएको छ। वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रम आयोजना गरिएको छ।

आजदेखि फागुन २९ गतेसम्म चल्ने उत्सवमा यो पटक कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका विषयमा रहेर विचार, विमर्श गरिने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ।

यो पटकको कर्णाली उत्सवमा समसामयिक विषयमा १२ वटा सत्र सञ्चालन गरिने उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए। ‘यो विचारको उत्सव हो। उत्सव चल्ने अवधिभर १२ वटा सत्र सञ्चालन हुनेछन्,’ उनले भने।

कार्यकारी निर्देशक गौतमका अनुसार यो पटक उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रोमा ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौंमा ‘झरो–उजेलोको खरो’, छैटौंमा ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्र सञ्चालन हुनेछन्।

सातौंमा ‘रैबार र रैला’, आठौंमा ‘शून्य समय’, नवौंमा ‘वाद विवाद र संवाद’, दशौंमा ‘विकासको बाटो’, एघारौंमा ‘उमेरको उमंग’ र बाह्रौंमा ‘कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरु सञ्चालन गरिनेछ।

पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा वक्ताका रूपमा रहनेछन् भने डा.नवराज लम्सालले सत्रको सञ्चालन गर्ने आयोजकले जनाएको छ। त्यस्तै ‘बजार विकास र हजार निकासमा’ रेवती गुरूङ, बसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी सहभागी हुनेछन्।

‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ता हुनेछन् भने विष्णु विवेकले सत्रको सहजीकरण गर्नेछन्। ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह वक्ता छन् भने गणेश कार्कीले सहजीकरण गर्ने छन्।

महेश नेपालीले सहजीकरण गर्ने सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन्। ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्रमा डा.सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की वक्ता रहेका छन् भने इन्द्र रावलले सहजीकरण गर्नेछन्।

बिनु सुवेदीले सहजीकरण गर्ने ‘रैबार र रैला’ सत्रमा डा.बैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला वक्ता छन्। यस्तै ‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, सीता नेपाली र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ता छन् भने सत्रको सहजीकरण नारायण अधिकारीले गर्नेछन्।

मनऋषि धितालले सञ्चालन गर्ने ‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा कांग्रेस महामन्त्री गगन थापा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री वक्ता रहेका छन्। ‘विकासको बाटो’ सत्रमा डा.विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रूपमा रहेका छन्।

अन्तिम सत्र ‘उमेरको उमंग’मा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता रहेका छन्। कर्णाली चिन्तन सत्र डा.विश्व पौडेलले सञ्चालन गर्नेछन्।

कर्णाली उत्सव अवधिभर तीन जना सफल/प्रतिभावान व्यक्तिको आत्मकथा (पैकलो) पनि प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ। उत्सवको तेस्रो संस्करण सम्पन्न गर्न ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ। उत्सवको मुख्य प्रायोजक नेपाल राष्ट्र बैंक रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १७ गतेको राशिफल

आज फागुन १७, २०८२ ( मार्च १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...