News Portal

मन्त्रीहरुले मृत्युपश्चात अंगदान गर्ने धोषणा, मृगौला, कलेजो र मुटु रोग परिक्षण निःशुल्क

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं – नेपाल सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। मृत्युपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्‌को बैठकमा सबै मन्त्रीले पनि सोही निर्णय कार्यान्वयन गर्ने भएका हुन्।

स्वास्थ्य सेवा दिवस २०७८ सालको अवसर पारी मन्त्री खतिवडाले क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए। उक्त प्रस्ताव मुख्यसचिव शंकरदाश बैरागीले पनि अंगदानको घोषणा गरेका थिए।

यस्तै, मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाईसमेत स्वीकृत गरेको छ। अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ।

यस्तै, ५० वर्षभन्दा माथि उमेर समूह अन्तरगत जेष्ठ नागरिकहरुको मृगौला, कलेजो र मुटु रोगसम्बन्धी परीक्षणहरु सरकारले वर्षको एकपटक नागरिकले निशुल्क रुपमा परिक्षण गर्ने निर्णय पनि गरेको छ। यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो। अन्नपूर्ण पोष्टले लेखेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...