News Portal

अतिविपन्न परिवारलाई सवितादेवि ट्रसले छाेरीकाे विवाहमा आर्थिक सहयोग गर्यो

हिमालीसंचार संवाददाता
२४७ पटक

रबिन्द्र बराल रंगेली – २०७१ सालमा स्थापना भएको सबितादेवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका २ स्थित मंगलबारेकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका अपेन्द्र सरदारकाे परिवर अतिविपन्न रहेको उनको छाेरीकाे विवहाका लागि आर्थिक अभावका कारणले उनको विवहा नहुदा सवितादेवि ट्रसले सुस्मिता कुमारी सरदार विवहा गराई दिएको छ। अपेन्द्रले आफ्नो छाेरीकाे विवहा धनपालथान गाउँ पालिका ५ वस्ने दुखिराम सरदारसंग गराएका हुन।

त्यसैगरी रंगेली नगरपालिका ५ स्थित आमगाछिका श्रिलाल रिसिदेवकाे छाेरी आरति ऋिषिदेव गरि दुई परिवारकाे आर्थिक अभाव नभएकाे र आफुले सवितादेवि ट्रसलाई जानकारी गराए पछि बिवहामा लाग्ने खाना खर्च देखि बेहुलीलाई चाहिने जति सामान ट्रसबाटै दिएर छाेरीकाे विवहा सम्पन्न भएको उनलेे बताए। ट्रसले बिगत ४ बर्ष देखि गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवारहरुलाई हरेक सहयोग गर्दे आईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भएकै कारण छाेरीकाे बिवहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि आर्थिक अभावका कारण बिवहा नहुने जानकारी पाए पछि सहयोग गर्न सुरु गरेको ट्रसका सदस्य राजेश वगडियाले बताए।

बिवहा कार्यक्रम सहभागी हुँदै संस्था का सदस्य राजेश शर्मा, समाजसेवि कमल राजवंशी , अनिल महेश्री , राजेश बगडिया लागयतकाे उपस्थितिमा दुलहिलाई साडि, चुरा, पाउजु, घडि , लुगा फाटा, र नगद ११ सय रुपैयाँ समेत दिएका थिए। जन्ति आएका सबैलाई बहुभाेजकाे समेत आयाेजना गरेको थिए। ट्रसले चार बर्षकाे अबधिमा १७ बटा गरिव परिवार काे विवहा समेत गराई सकेका छन। आगामी दिनमा पनि भने गरिव परिवारका छाेरीहरुकाे विवहा गरिदै लैजाने र थप गरिव परिवारलाई सहयोग गर्दे जाने राजेश शर्मा ले बताए।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...