News Portal

नेपाल वायुसेवा निगमले साउदी अरेबिया उडानको अनुमति पायो

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाडौं। साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो।

जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ। नेवानिले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ। साउदी नेपाली कामदार अत्याधिक रहेका मुलुक हो।

पछिल्लो समय साउदीमा वायु सेवा निगमको नियमित उडान हुनुपर्ने नेपाली कामदाहरुको पनि माग थियो। यसअघि निगम त्यहाँ चार्टर उडानबाट आंशिक सेवा दिँदै आइरहेको थियो। ४ वटा जेट विमान भएको निगमका लागि साउदी आठौं गन्तव्य मुलुक हुने निगमका अपरेशन डाईरेक्टर दीपु जुहारचनले जनाए।

निगमलाई साउदी अरेवियाको जनरल अथरिटी अफ सिभिल एभिएशनले आज रियादस्थित् कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन डाईरेक्टर दीपु जुहारचनको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो।

जुहारचनले जनाएअनुसार यो उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ। यो उडान अनुमति पाउनुमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन डाईरेक्टर दीपु जुहारचनको विशेष पहल रहेको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...