News Portal

नेपाल वायुसेवा निगमले साउदी अरेबिया उडानको अनुमति पायो

हिमालीसंचार संवाददाता
३६७ पटक

काठमाडौं। साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो।

जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ। नेवानिले एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ। साउदी नेपाली कामदार अत्याधिक रहेका मुलुक हो।

पछिल्लो समय साउदीमा वायु सेवा निगमको नियमित उडान हुनुपर्ने नेपाली कामदाहरुको पनि माग थियो। यसअघि निगम त्यहाँ चार्टर उडानबाट आंशिक सेवा दिँदै आइरहेको थियो। ४ वटा जेट विमान भएको निगमका लागि साउदी आठौं गन्तव्य मुलुक हुने निगमका अपरेशन डाईरेक्टर दीपु जुहारचनले जनाए।

निगमलाई साउदी अरेवियाको जनरल अथरिटी अफ सिभिल एभिएशनले आज रियादस्थित् कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन डाईरेक्टर दीपु जुहारचनको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो।

जुहारचनले जनाएअनुसार यो उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ। यो उडान अनुमति पाउनुमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन डाईरेक्टर दीपु जुहारचनको विशेष पहल रहेको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...