News Portal

तमोर नदीमा लगाएको काठको फड्केबाट खसेर युवकको मृत्यु

हिमालीसंचार संवाददाता
३७१ पटक

सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङस्थित तमोर नदीमा लगाएको काठको फड्के (कच्ची काठेपुल) तर्नेक्रममा खसेर एक युवकको ज्यान गएको छ। ज्यान जानेमा फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ फड्के साँघुबाट खसेर कार्कीको निधन भएको हो। छिमेकीको खेत जोतेर साँझ कामबाट घर फर्कने क्रममा फड्केबाट खसेको स्थानीयको भनाई छ।

उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान स्थानीयले फड्के रहेको ठाउँभन्दा केही तल कार्कीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि प्रहरी टोली पुगेर घटनाको मुचुल्का उठाएको थियो।

यता कार्कीको शव शुक्रबार नै जिल्ला अस्पताल पु¥याएर पोष्टमार्टम गरी साँझतिर आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। खेजेनिम र फक्ताङ्लुङ गाउँपालिकाकै वडा–३ लिङ्खिम जोड्नेगरी स्थानीयले तमोर नदीमा फड्के लगाएका छन्।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...