News Portal

तमोर नदीमा लगाएको काठको फड्केबाट खसेर युवकको मृत्यु

हिमालीसंचार संवाददाता
३५७ पटक

सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङस्थित तमोर नदीमा लगाएको काठको फड्के (कच्ची काठेपुल) तर्नेक्रममा खसेर एक युवकको ज्यान गएको छ। ज्यान जानेमा फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ फड्के साँघुबाट खसेर कार्कीको निधन भएको हो। छिमेकीको खेत जोतेर साँझ कामबाट घर फर्कने क्रममा फड्केबाट खसेको स्थानीयको भनाई छ।

उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान स्थानीयले फड्के रहेको ठाउँभन्दा केही तल कार्कीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि प्रहरी टोली पुगेर घटनाको मुचुल्का उठाएको थियो।

यता कार्कीको शव शुक्रबार नै जिल्ला अस्पताल पु¥याएर पोष्टमार्टम गरी साँझतिर आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। खेजेनिम र फक्ताङ्लुङ गाउँपालिकाकै वडा–३ लिङ्खिम जोड्नेगरी स्थानीयले तमोर नदीमा फड्के लगाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...