News Portal

जन्मोत्सवको अवसरमा महेन्द्र पौडेलद्वारा विध्यालयलाई २ लाख सहयोग

हिमालीसंचार संवाददाता
४११ पटक

दुबई– भनिन्छ धन हुनेसँग मन हुँदैन अनि मन हुनेसँग धन हुँदैन तर लमजुङ स्थायी घर भई हाल युएईको नेपाली व्यावसायिक क्षेत्रमा ४ बटा रेस्टुरेन्ट संचालन गर्दै आएका मनकारी व्यावसायिक व्याक्तित्व महेन्द्र पौडेलले आफुले कमाएको धनको केही अंश भाग सामाजिक तथा शैक्षिक उत्थानका लागि समर्पण गर्दै आउनु भएको छ।

युएईमा कार्यरत नेपाली व्यावसायी महेन्द्र पौडेलले आफ्नो जन्मदिनको अवसरमा परोपकारी काम गर्ने सिलसिला केही वर्षदेखि निरन्तर गर्दै आउनुभएको देखिन्छ।
आज फागुन १५ गते जन्मदिन मनाइरहनु भएको सफल नेपाली व्यावसायी महेन्द्र पौडेलले विगतका जन्मदिनहरुमा केक काटेर मनाउनु भन्दा सामाजिक कामहरु गरेर जन्मदिनलाई निरन्तर दिनुभएको छ। गत वर्षको जन्मदिनमा पौडेलले लमजुङको एक वृद्आश्रयमा तातोपानीको व्यवस्थापन गरेर मनाउनुभएको थियो।

जन्मदिनमा ठुलो पाटी गरेर अनावश्यक रकम खर्चनु भन्दा परोपकारी सामाजिक, शैक्षिक हितमुलक कम गरी मनाउदा सार्थक र अर्थपूर्ण हुने विस्वास व्यावसायी पौडेलले लिनुभएको छ ।यसपालि महेन्द्र पौडेलले आफुले कखरा सिकेको स्कुलमा स्थापित अक्षयकोषलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।

उक्त रकम आफ्ना स्वर्गीय बुबा बृहस्पति पौडेल को स्मृतिमा लमजुङको निबुवाटारी, जिताबेशीमा रहेको श्री सुर्य ज्योति माध्यामिक विध्यालयमा स्थापना भएको अक्षयकोष  बृहस्पति स्मृति छात्रवृति कोष  मा रकम जम्मा गर्ने घोषणा गर्नुभएको छ।
उक्त कोषबाट सोही बिध्यालयका गरिव तथा जेहेन्दार विध्यार्थीहरुलाई नियमित छात्रवृत्ति प्रदान गरिने मनकारी दाता महेन्द्र पौडेलले जानकारी दिनुभएको छ।

युएईमा पहिला रोजगारी र बिगत केही वर्षदेखि रेस्टुरेन्ट व्यावसाय गर्दै आउनुभएका महेन्द्र पौडेलले आफ्नो जन्मदिनको अवसरमा सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ। आज मेरो जन्मदिन सर्बप्रथम त मलाई जन्म दिनुहुने मेरो आमाप्रति ढोग तथा नमन। हालसालै स्वर्गबास हुनु भएको मेरो बुबाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु। आज मेरो जन्मदिनको खुशियाली भन्दा पनि मेरो जन्मदिनमा आफ्नो बुबाको आशीर्वाद लिन नपाउदा म ज्यादै दु:खी छु।

भाग्यको लेखा अब केबल उहाँ सम्झनामा मात्र हुनुहुन्छ।बाबाले देखाएको बाटो र उहाँको आशीर्वाद पूरा गर्नु सिबाय, अरु के नै बाकी रहयो र ? तै पनि बाबाको योगदान र उहाँको नाम अमर राख्दै चीर स्मरण र सम्मान स्वरुप आज मेरो जन्मदिनको उपलक्ष्यमा उहाँको स्मृतिमा मेरो बाल्यकालको विद्यालय श्री सुर्य ज्योती माध्यामिक बिद्यालय निबुवाटारी जिताबेशी (जहाँ मैले क,ख,रा सिके) मा एक अक्षय कोष “बृहस्पति स्मृति छात्रवृति” स्थापना स्वरुप सानो सहयोग राशी रु २००००० (अक्षरेपी २ लाख नेपाली रुपैयाँ मात्र ) प्रदान गर्ने वाचा गर्दछु।

सो रकमको ब्याजबाट हरेक बर्ष जेहेन्दार र आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई विद्यालयको समन्वयमा छात्रवृति पुरस्कार प्रदान गरिनेछ। घोषित रकम विद्यालयसङ्ग समन्वय गरी म नेपाल गएको समयमा बिधालयको कुनै बिशेष समारोहमा हस्तान्तरण गर्नेछु।

युएईको दुबई एरियामा नेपालीको सगरमाथा रेस्टुरेन्ट, देरामा नमस्ते रेस्टुरेन्ट, सारजामा मुमताज रेस्टुरेन्ट र केही महिना अगाडि बर दुबईको बसपार्क एरियामा दर्शन नमस्ते रेस्टुरेन्ट सन्चालन गरिरहेका महेन्द्र पौडेल युएईको नेपाली व्यावसायिक क्षेत्रमा सफल, इमानदार र मिहिनेती व्यावसायीका रूपमा चिनिनुहुन्छ।
आफ्नो व्यावसायिक सफलतामा श्रीमती मन्जु गौली पौडेलको दरिलो साथ र भाग्य रहेको बताउने पौडेलले आफ्ना साडुदाइ र जेठान दाइलाई पनि युएईमा व्यावसायिक वातावरण बनाउन सहयोग र सहकार्य समेत गरिरहनुभएको छ। आफ्नो सफलताको श्रेय आफ्नो दाजु राजेन्द्र पौडेललाई दिनुहुने महेन्द्र पौडेल दाजु अनि भाउजुको प्रोत्साहन र वहाँहरुले आफ्नो शैक्षिक तथा समग्र विकासमा विगतमा निर्वाह गरेको सर्गव बताउनुहुन्छ।

कुनै वेला इमारत पेट्रोल पम्पमा पेट्रोल भर्ने एक इमानदार नेपाली श्रमिक महेन्द्र पौडेल अहिले चार-चार वटा व्यावसायिक संस्थाको नेतृत्व गरी ५० जना भन्दा बढीलाई रोजगारी प्रदान गरी नेपाल र नेपालीको गरिमा उच्च बनाउन सफल हुनुभएको छ। मनकारी नेपाली व्यावसायी महेन्द्र पौडेललाई हाम्रो तर्फबाट जन्मोत्सवको शुभकामना अनि परोपकारी साथै पौडेल कुलको गरिमा जोगाउने छोरा जन्माउने बुबाआमालाई आभार व्यक्त गर्दछौं।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...