News Portal

मोरङको सुनबर्षीमा भ्रष्टाचार विरुद्ध एमालेद्वारा विरोध प्रदर्शन

हिमालीसंचार संवाददाता
२०७ पटक

मोरङ– मोरङको सुनबर्षी नगरपालिकामा नेकपा (एमाले) ले विरोध प्रदर्शन गरेको छ। निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै एमालेले प्रदर्शन गरेको हो। नगरपालिकाका मेयर कालीप्रसाद दास सहितका जनप्रतिनिधिहरुले नगरवासीले तिरेको करमा लुट मच्चाएको र काममा पारदर्शीता नरहेको भन्दै एमालेले प्रदर्शन गरेको हो।नेकपा (एमाले) सुनवर्षी नगर कमिटीले बिहिबार सयौँ कार्यकर्ता हरु सहित नगरपालिकामा विरोध प्रदर्शन गरेको थियो। एमाले कार्याकर्ताहरुले पार्टी कार्यालयबाट नगरपालिकासम्म विरोध-याली समेत निकालेका थिए।

एमाले कार्यकर्ताहरुले कार्यकर्ता भर्ती बन्द गर, विकृती विसंगती अन्त्य गर।कार्यकर्ता भर्ती बन्द भन्दै प्रशासनिक भवन निर्माण खर्च सार्बजनिक गर नगर अस्पताल किन बनेन जवाफ देउ भनेर कोरोना नियन्त्रण खर्च सार्बजनिक गर। नगरभित्र शुसासन कायम गरलगायतका नारा लगाउँदै नगरपरिसरभित्र पुगेर विरोध प्रदर्शन गरेका थिए।

विरोध प्रदर्शनपछि उक्त -याली डायनिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा नेकपा (एमाले) केन्द्रीय सदस्य रामलाल साहले नगरलाई भ्रष्टाचार मुक्त बनाउन सवै जनता लाग्नुपर्ने बताए। उनले अहिले नगरपालिकामा चरम भ्रष्टाचार मौलाएको बताउँदै शुसासनका लागि आगामी निर्वाचनमा एमालेलाई निर्वाचित गराउन आग्रह गरे। कोणसभामा नेकपा (एमाले) प्रदेश कमिटी सल्लाहकार जयवीरुद्धिन पूर्व जिल्ला कमिटी सदस्य वर्तलाल राजवंशी जिल्ला कमिटी सदस्य हेमेश्वर राई नगर कमिटी अध्यक्ष श्याम राजवंशी सचिव विष्णु कडेल नेपाल मुस्लिम इत्तेहाद संगठन सुनवर्षी नगर कमिटी अध्यक्ष निजामुद्धिनलगायतले सुनवर्षी नगरपालिकाका लागि आएको नगरअस्पतालको योजना कमिशनको खेलले फिर्ता पठाएको आरोप लगाए।

उनीहरुले मेयर कालीप्रसाद दास सहितका जनप्रतिनिधिले नगरअस्पताल बनाउन नसकेपनि मृत्यु हुँदा दाहासंस्कार गर्ने आर्यघाट बनाउने सोच राख्न चुनौती दिए।नेताहरुले मेयर दास पाँच वर्ष अगाडी मत किनेर निर्वाचित भएपनि उनले गरेको भ्रष्टाचार र अनियमितता छर्लङ्ग भएकाले अब जनताले उनलाई भोट हाल्ने भुल नगर्ने बताए।

पटक–पटक ज्ञापनपत्र बुझाउँदै नगरमा भए गरेका काम सार्बजनिक गर्न माग गरेपनि मेयर दासले बेवास्ता गरेपछि बाध्य भई जनतालाई सुसूचीत गराउन प्रदर्शनमा उत्रिनुपरेको एमाले सुनवर्षी नगर कमिटीका सचिव विष्णु कडेलले बताए। विरोध प्रदर्शनमा एमालेका सयौँ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...