News Portal

माेरङकाे रंगेली नगरपालिकामा कुकुर आतंक

हिमालीसंचार संवाददाता
२५९ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीहरु भुसिया कुकुरको आतंक बाट आतंकित भएका छन।
केही दिन अगाडि एउटा बहुला कुकुरकाे टाेकाईबाट दुई बालिका शक्त घाइते भएका छन। रंगेली नगरपालिका ७ बस्ने सन्जय मंण्डल काे बर्ष १२ कि आचल कुमारी मंण्डल लाई गत बिहिवार घरमै बसिरहेकाे अबस्थामा अचानक बहुला कुकुर घर भित्र छिरेर आक्रमण गर्दे उनकाे निधार गालामा टाेक्दा उनी घाइते भएकी छन।

पुनः साेहि कुकुरले बिनाेद मंण्डलकाे ११ बर्षकि लक्ष्मी मंण्डल लाई समेत गालामा कुकुरले टाेक्दा घाइते भएकि छन। अहिले गाउँ घरमा भुसियाकाे आतंकले गर्दा
आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्रा हरु लाई जाेगाउन हम्मेहम्मे परेको छ।केही महिना अगाडि समेत घरमा पालिएकाे बाख्रालाई चारैतिरबाट घेरेर बाख्रा समेत मरेकाे थियोे।                                                            अहिले बहुला कुकुरले खसी बाख्रा र सानाे बाछा बाछी र गाई लाई समेत टाेक्ने गरेको स्थानीय श्यम कार्कीले बताए।  नगरपालिकाले कुकुरहरुकाे नियन्त्रण गरे अबकाे केही महिनामा भयावह अबस्था आउन सक्ने उनको समेत देखिएकाे छ। अहिले गाउँघर तिर भुसिया कुकुर दिनप्रतिदिन बडन थालेपछि रातीकाे समयमा गाउँ घर तिर घर बाहिर समेत निस्कन नसकिने अवस्था सृजना भएको छ। रातिको समयमा माेटरसाईकलमा यात्रा गर्दा समेत कुकुरहरु झम्टिएर चालक माथि नै आक्रमण गर्ने गरेको स्थानीय लक्ष्मण मंण्डलले बताए।                                केही महिना अगाडि अगाडि हरेक चाेक चाेकमा १० देखि १५ बटा कुकुरहरुले यात्रु हरुलाई आक्रमण गर्ने गरेको छ। रंगेली अस्पतालका डाक्टर अरुण भट्टराईका अनुसार कुकुरकाे टाेकाईबाट सातामा एक दुई जना मात्रै आउने गरेको भएता पनि केही दिन देखि भने ४ देखि ५ जना बिरामीहरु आउने गरेको भट्टराईले बताए।                      कुकुरले उचाइको आधारमा बाल बालिकाहरुलाई बडि मात्रामा आक्रमण गर्ने गरेको उनलेे बताए। अलग अलग ब्यक्तिहरुलाई कुकुरले खुट्टा र हातमा टाेक्ने गर्दछ।अस्पतालमा अहिलेसम्म बालबालिकाकाे अनुहारमा मात्रै टाेक्ने गरेको र उपचारमा आउने गरेको उनलेे बताए। रंगेली अस्पतालमा साता दिन भित्रमा २६ कुकुरले टाेकेर उपचारका लागि अस्पताल आएका छन्। भुसिया कुकुरहरुकाे नियन्त्रणकाे बिषयमा समयमै ध्यान नदिए रंगेली नगरपालिकाले ठुलाे क्षेती बेहोर्नु पर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...