News Portal

जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाचौं बार्षिक साधरणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
२३८ पटक

काठमाडौं – गोकर्णेसश्वर, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा २०७८ माघ २७ गते बिहिवारका दिन संस्थाका अध्यक्ष श्री हरी कुमार भण्डारी को अध्यक्षतामा सम्पन्न भएको छ,कार्यक्रम लाई संचालक भने मनिशा राजवंशी ले गर्नुभएको हो।बार्षिक साधारणसभामा प्रमुख अतिथि अतिथी गोकर्णेश्वर नगरपालिका सहकारी शाखा प्रमुख श्री दिपक थापाको रहेको थियो।                   विशेष अतिथिमा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सह-अध्यक्ष वाग्मति प्रदेश खेलकुद इन्चार्ज राष्ट्रिय खेलकुद परिषद् सदस्य नेपाल क्योकुसिन करातेको ५डाेन कलाकार तथा समाजसेवी  जनक वर्तौला र अर्का बिशेष अतिथिमा सार्वजनिक यातायात केन्द्रिय महासंघका उपाध्यक्ष उत्तरपुर्वि भेगिय सार्वजनिक यातायात समन्वय समिति नेपालको अध्यक्ष तथा आमा याङ्री ह्याल्मो यातायात प्रा लि को अध्यक्ष कान्छाराम थिङ हुनुहुन्थ्यो।

यसैगरी अन्य अतिथिहरु क्रमश अतिथि जगदम्बा बहुउद्देश्यीय सहकारी संस्था लि का कार्यकारी प्रमुख तथा समाजसेवी  विक्रम तामाङ अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख सुमित्रा अधिकारी अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघका सचिव उत्तरपुर्वि भेगिय सार्वजनिक यातायात समन्वय समिति नेपालको बरिष्ठ उपाध्यक्ष तथा पाचपोखरी यातायात प्रा लि को अध्यक्ष अरुण श्रेष्ठ अतिथि सार्वजनिक यातायात केन्द्रिय महासंघका कर्पोरेट संयोजक तथा बाबा गोकर्णेश्वर यातायात प्रा लि को अध्यक्ष बस्नेत अतिथि खड्ग अधिकारी एसोसिएट्सका प्रोपाइटर तथा यस संस्थाका लेखापरिक्षक खड्ग अधिकारी लगायत थिए।
प्रमुख अतिथि दिपक थापाबाट दिप प्रज्वलन गरि सकेपछि रास्टिय गान गाउदै कार्यक्रमको उधघाटन गरिएको थियो। कार्यक्रममा बिशेष अतिथि जनक बर्तौला ज्यु तथा प्रमुख सल्लाहकार कर्ण बहादुर खत्री अतिथी अरुण श्रेष्ठ र भिम बस्नेतले सुभकामना मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथि र विशेष अतिथिबाट उत्कृष्ट बचतकर्ता श्री मैया लामा,असल ऋणी- एलिना  रैका मगर र उत्कृष्ट सहयोगी उत्तम ब्लोनलाई सम्मान पत्र वितरण गरिएको थियो। संस्थाको कार्यप्रगति प्रतिवेदन सचिव रामशरण थापाले प्रस्तुत गर्नु भएको थियो।
भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष भुवन पोखेलले प्रस्तुत गरे। १२ लाख शेर पुजीबाट सुरुवात गरिएको उक्त संस्थाको आ ब ७७ सम्म १८ लाख रहेकोमा चौथो साधरण सभाबाट निर्बाचित हरि कुमार भण्डारीको नेतृत्वले चालू ०७८ मा कोरना माहामारिको बाबुजुद पनि ६२ लाख पुर्याउन सफल भयेको छ।
अर्को वर्ष २०७९ मा ३ करोड पुर्याउने योजना रहेको अध्यक्ष हरि कुमार भण्डारीले बताउनु भयो। यस संस्थाको संचालक समितिमा अध्यक्ष हरि कुमार भण्डारी उपाध्यक्ष राजु भण्डारी,सचीव राम शरण थापा,कोषाध्यक्ष भुवन पोख्रेल र अन्य सदस्य सुनिता घिसिङ,सानु मानन्धर,सनि लामा हुनुहुन्छ। लेखा समितिमा धनमाया लामा,चन्द्र बहादुर भण्डारी हुनुहुन्छ।
यस्तै ऋण लगानी तथा व्यवस्थापन उप समितिमा राम शरण थापा,सुनिता घिसिङ,सनि लामा रहेको ब्यवस्थपक तारा लामा ले बताउनु भयो। कार्यक्रम जोरपाटी स्थित जुम क्याफे एण्ड ब्यान्क्युट मा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...