
काठमाडौं/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टीको वैधानिकतामा प्रश्न उठाए सहन नसक्ने बताएका छन्। आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।कार्यक्रममा नेता नेपालले भने हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं। हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं र सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं। यसमाथि कसैले धावा बोल्न खोज्छ भने।औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नेकपा एकीकृत समाजवादी पार्टी गठनको वैधानिकतामा प्रश्न उठाउँदै आएको छ। यस सम्बन्धी रिट ईश्वर कुमार खतिवडा र पेशी चढेको छ।कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए।अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूहरुले चाहेको पनि बताए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
