News Portal

नेपालकै दोस्रो लामोपुल महमाई नगरपालिकामा बन्यो ८ सय २०.२२ मिटर

हिमालीसंचार संवाददाता
३१२ पटक

रबिन्द्र बराल -ईलाम  महमाई नगरपालिका ६ मागुना,पलास र बिहिवारे तथा दानावार नगरपालिका १ काे धन्टे सविरे जुवाले तथा माझिटारका स्थानीयहरुलाई उक्त खाेलामा ट्रेल बिज बनेकाे छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग निलम्बन पुल डिभिजन कार्यालयले बिहिबारे घंटा माई खोल बहुस्पन ट्रेल ब्रिज निर्माणकार्य सम्मपन्न गरेको छ । मल्टिस्पेन निलम्बन स्प्यान ८ सय २०:२२ मिटर लम्बाई रहेको र समय अबधि भन्दा ६ महिना अगाबै निर्माणकार्य सम्पन्न भएको छ।

पुल निर्माणकार्य सम्पन्न भए पछि साे गाउँका मागुना,पलास र बिहिवारे धन्टे सविरे  जुवाले तथा माझिटारका स्थानीयहरुलाई उक्त खाेलामा ट्रेल बिज बने पछि खुशीले दङ्ग भएका छन। साे क्षेत्रमा रहेकाे श्री विन्ती विनायक बिधालय र भगवान माध्यमिक बिधालयमा अध्यन छात्र, छात्राहरुलाई पठनपाठनका लागि सबैभन्दा बडी फाइदा पुगेको महमाईका मेयर दिपक कुमार थेवैले बताए। बिगतका दिनहरुमा उक्त ठाउँमा पुल नहुदा बिगत बर्षमा ३ जना बालबालिकाहरुलाई खाेलमा आएकाे बाडिले अकालमै ज्यान गुमाउनु परेको स्थानीयले बताए। उमा/थानी हिमशिखरले २०७७ साल असार १९ गते पुलकाे ठेक्का सम्झौता गरेेर २०७९ असार २ गते काम सम्पन्न गरि सक्नुपर्ने भएता पनि ५ महिना अगाडि नै निर्माणकार्य सम्पन्न गरेको छ।

नेपाल सरकारकाे कुल ७ करोडौं ४३ लाख रुपैयाँको लागत झुलुङ्गे पुलमा निर्माण भएको हाे। उक्त खाेलामा लामो पुल बनेपछि साे क्षेत्रका स्थानीयहरुलाई आवाज मात्रै नभए र पर्यटनकाे दृष्टिकोणले पनि सो क्षेत्रको महत्व बढ्दै जाने स्थानीयकाे भनाइ रहेको छ। अहिले दैनिक सो ठाउँमा लगायतका विभिन्न स्थानबाट सयौँ युवा  युवती बृद्ध लगायत सर्वसाधारणहरु उक्त पुलमा आएर फोटो खिच्नेे  मनाेरम दृश्य अबलोकन गर्ने र टिकटक समेत बनाउने गरेका छन। नेपाल सरकारले ताेकेकाे मापदण्डअनुसार उक्त कम्पनीले सबै प्रक्रिया पुर्याएर निर्माण कार्य सम्पन्न गरेकाे उमा थानीका प्रमुख ठेक्केदार लाेक बहादुर बस्नेतले बताए।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...