News Portal

नेपालकै दोस्रो लामोपुल महमाई नगरपालिकामा बन्यो ८ सय २०.२२ मिटर

हिमालीसंचार संवाददाता
२८२ पटक

रबिन्द्र बराल -ईलाम  महमाई नगरपालिका ६ मागुना,पलास र बिहिवारे तथा दानावार नगरपालिका १ काे धन्टे सविरे जुवाले तथा माझिटारका स्थानीयहरुलाई उक्त खाेलामा ट्रेल बिज बनेकाे छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग निलम्बन पुल डिभिजन कार्यालयले बिहिबारे घंटा माई खोल बहुस्पन ट्रेल ब्रिज निर्माणकार्य सम्मपन्न गरेको छ । मल्टिस्पेन निलम्बन स्प्यान ८ सय २०:२२ मिटर लम्बाई रहेको र समय अबधि भन्दा ६ महिना अगाबै निर्माणकार्य सम्पन्न भएको छ।

पुल निर्माणकार्य सम्पन्न भए पछि साे गाउँका मागुना,पलास र बिहिवारे धन्टे सविरे  जुवाले तथा माझिटारका स्थानीयहरुलाई उक्त खाेलामा ट्रेल बिज बने पछि खुशीले दङ्ग भएका छन। साे क्षेत्रमा रहेकाे श्री विन्ती विनायक बिधालय र भगवान माध्यमिक बिधालयमा अध्यन छात्र, छात्राहरुलाई पठनपाठनका लागि सबैभन्दा बडी फाइदा पुगेको महमाईका मेयर दिपक कुमार थेवैले बताए। बिगतका दिनहरुमा उक्त ठाउँमा पुल नहुदा बिगत बर्षमा ३ जना बालबालिकाहरुलाई खाेलमा आएकाे बाडिले अकालमै ज्यान गुमाउनु परेको स्थानीयले बताए। उमा/थानी हिमशिखरले २०७७ साल असार १९ गते पुलकाे ठेक्का सम्झौता गरेेर २०७९ असार २ गते काम सम्पन्न गरि सक्नुपर्ने भएता पनि ५ महिना अगाडि नै निर्माणकार्य सम्पन्न गरेको छ।

नेपाल सरकारकाे कुल ७ करोडौं ४३ लाख रुपैयाँको लागत झुलुङ्गे पुलमा निर्माण भएको हाे। उक्त खाेलामा लामो पुल बनेपछि साे क्षेत्रका स्थानीयहरुलाई आवाज मात्रै नभए र पर्यटनकाे दृष्टिकोणले पनि सो क्षेत्रको महत्व बढ्दै जाने स्थानीयकाे भनाइ रहेको छ। अहिले दैनिक सो ठाउँमा लगायतका विभिन्न स्थानबाट सयौँ युवा  युवती बृद्ध लगायत सर्वसाधारणहरु उक्त पुलमा आएर फोटो खिच्नेे  मनाेरम दृश्य अबलोकन गर्ने र टिकटक समेत बनाउने गरेका छन। नेपाल सरकारले ताेकेकाे मापदण्डअनुसार उक्त कम्पनीले सबै प्रक्रिया पुर्याएर निर्माण कार्य सम्पन्न गरेकाे उमा थानीका प्रमुख ठेक्केदार लाेक बहादुर बस्नेतले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...