News Portal

हर्क साम्पाङको नेतृत्वमा धरानको वीपी प्रतिष्ठानको सुधारको माग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०४ पटक

अविन मावो/धरान – धरान उपमहानगरपालिका धरानका विभिन्न समसामयिक मुद्दाहरुमा निरन्तर आवाज उठाउदै आइरहेका धरानका अभियन्ता हर्क साम्पाङको नेतृत्वमा हिजो धोपा क्यम्प स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार प्रतिष्ठान सुधारको माग सहित केही समय धर्ना दिएका छन् ।

प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुदै गएको र यसले सर्वसाधारणहरुको उपचार सेवा प्रत्यक्ष प्रभावित भएको भन्दै साम्पाङको नेतृत्वमा उपकुलपति कार्यालयअघि खबरदारी गर्दे नगरबासीहरुले धर्ना दिएका हुन् । उनीहरुले प्रतिष्ठानलाई अहिलेको संकटबाट तत्काल बचाउन सरकारसँग माग समेत गरेका छन् । 

प्रतिष्ठानमा भागवण्डा, पदाधिकारीहरुबीचमा गुट-उपगुटको राजनीतिका कारण प्रतिष्ठान दिनप्रतिदिन धरासायी हुदै गइरहेको भन्दै साम्पाङले संस्थाको हितमा एकजुट हुन र धिनलाग्दो राजनीतिक गुटबन्दी त्याग्न पनि माग गरेको थिए ।

यस्तै, साम्पाङले जनस्वास्थ्यको ग्यारेष्टी हुनुपर्ने भन्दै प्रतिष्ठानमा नै हरेक जाँच र उपचार सेवा उपलब्ध गराउनुपर्ने माग समेत गरेका थिए । व्यवस्थापकीय जिम्मेवारी निर्वाह नहुदा प्रतिष्ठान बेहाल भएको भन्दै सेवा ग्राहीले अनाबश्यक दुख पाइरहेको उनको जोड थियो। उनले सरकारलाई यो सबै बेथिति मुक्त गर्न मागसंग समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...