News Portal

  • नेपालमा अब गाँजा औषधिजन्य प्रयोगका लागि खुला गर्ने तयारी

    हिमालीसंचार संवाददाता
    ३३८ पटक

    काठमाडौँ। गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ। औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको खबर आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले लेखेका छन्।

    हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो। तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन।

    गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने उल्लेख छ। मन्त्रालयले कार्यविधि तयार गरी औषधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ। त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ।

    गृह मन्त्रालय मातहतको लागूऔषध नियन्त्रण शाखाले गाँजालाई औषधिका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसँग परामर्शसँगै मापदण्ड निर्माणको तयारी पनि गरेको छ। उक्त शाखाका प्रमुख, उपसचिव गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले यसका सम्भावना र त्यसले पार्ने प्रभावबारे अध्ययन गरिरहेको छ।

    गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि नेपालले कार्यविधि तयारीको चरणमा रहेको जानकारी दिए। ऐनमा अनुसन्धान तथा अध्ययनको प्रावधान भए पनि कार्यविधि नबन्दा स्वीकृति दिन नमिलेको उनको भनाई छ। ‘गृहसहित सम्बन्धित मन्त्रालयसँग छलफल गरेर गाँजाको प्रयोग कसरी गर्ने भन्नेबारे कार्यविधि तयार हुन्छ। निर्देशिका पनि तयार हुने क्रममा छ,’ उनले भने।

    राजस्व अनुसन्धान विभागले गाँजाले अर्थतन्त्र र राजस्वमा दिनसक्ने योगदान र वनस्पति विभागले बहुउपयोगी प्रयोगबारे गृह मन्त्रालयसँग प्रस्ताव प्रस्तुत गरेका थिए। तिनै आधारमा गृहले नियन्त्रित रूपमा यसको प्रयोग गर्न सकिने गरी कार्यविधि बनाउने भएको हो।

    उपत्यकाबाहिरका सल्यान, रुकुम, मकवानपुर, धादिङ, नुवाकोटलगायतका जिल्लाबाटसमेत यसको अनुसन्धान गर्न पाउनुपर्ने माग आएको लागूऔषध नियन्त्रण शाखा प्रमुख गोकर्णप्रसाद उपाध्यायले बताए। २०२८ सालअघिसम्म नेपालमा गाँजाको उत्पादन र प्रयोग लाइसेन्समार्फत खुला गरिएको थियो।

    बढ्दै गाँजाको व्यापार !
    गाँजाको प्रयोग विश्वव्यापी रूपमा बढ्दो छ। विश्वका झन्डै ६० देशले यसलाई औषधिका रूपमा खुला गरेका छन्। २५ भन्दा बढी मुलुकले मनोरञ्जनका लागि र छ राष्ट्रले व्यापारिक प्रयोजनका लागि गाँजालाई पूर्ण रूपमा खुला गरेका छन्। यसलाई ‘कालो सुन’समेत भन्ने गरिएको छ।

    नेपालमा गाँजाको प्रयोग परम्परागत रूपमै हुँदै आएको छ। कतिपय घरपालुवा जनावर बिरामी हुँदा अहिले पनि गाँजा खुवाएर उपचार गरिन्छ।

    यसै आधारमा गृह मन्त्रालयले विभिन्न निकायसँग परामर्श गरेको थियो। नियन्त्रित रूपमा खुला गर्न सकिने सुझावपछि स्वीकृतिका लागि गृहले मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेस गरेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...