News Portal

शीतल नगर आमा समुहले गरे बृद्धा आश्रममा सहयोग

हिमालीसंचार संवाददाता
८६५ पटक

कर्ण बहादुर अधिकारी काठमाण्डौं– पोखरा महानगर पालिका वडा नं १४ शितलनगर आमा समुहले २०७८ माघ १८ गतेका दिन यसै आमा समुहका अध्यक्ष श्रीमती कविता कार्कीको अध्यक्षतामा पितृ औंशीको दिन पारेर यसै महानगर १४ स्थित वात्स्यायन बृद्धा आश्रमका अध्यक्ष बोध बहादुर कार्की मार्फत सहयोग हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरेको छ।

उक्त सहयोग कार्यक्रममा कार्यक्रमको उद्घघाटन यसै बृद्धा आश्रमा अध्यक्ष बोध बहादुर कार्कीले ब्यानरमा हस्ताक्षर गरेर आश्रममा रहेका बृद्धा आमाबुवाहरुलाई खाना खुवाउने, न्यानो लत्ता कपडा बितरण गर्नुका साथै नगद रकम सहयोग गरेको छ।

बृद्धा आश्रममा रहनु भएका बुबा आमालाई यो जाडो मौषममा केहि सहजता होस भन्ने हेतुले आमा समुहकी अध्यक्ष कार्की, कमिटीका पदाधिकारी साथै मनकारी मनहरूको पहलमा सहयोग गरीएको थियाे। शितल नगर टोल बिकास संस्थाबाट संस्थाका सह-सचिव चीज बहादुर गुरुङले पनि सहयोग गर्नु भएको थियो।

कार्यक्रमको संचालन सह-सचिव मधुमाया लामिछाने र स्वागत मन्तव्य उपाध्यक्ष तारा थापाले गर्नु भएको थियो। कार्यक्रममा कोषाध्यक्ष शुशिला खत्री कार्यक्रमको संयाोजक र व्याबस्थापन पुर्वअध्यक्ष तथा सल्लाहकार शोभा गिरी संयोजक सिता पौडेल संस्थापक अध्यक्ष निबर्तमान अध्यक्षलगायत समुहका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...