News Portal

सडक वनाउने क्रममा जगदम्बा विपिन कन्ट्रक्सनकाे चरम लापरबाही नगरपालिका माैन

हिमालीसंचार संवाददाता
२६० पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिकाकाे मंङ्गलबारे नहर देखि वडा नम्बर २ सम्मकाे सिमानामा रहेको नहरकाे पश्चिम तर्फ सडक बिस्तार गर्ने क्रममा गुणस्तरहिन काम भईरहेकाे पाईएकाे छ। हुलाकी सडकलाई जाेडने ५ किलोमिटर सडक निर्माण गर्नेका लागि जगदम्बा बिपिन कन्ट्रक्सन रंगेली १ ले ठेक्का पाएकाे थियोे। नगरपालिकाले उक्त कम्पनी लाई नगर भित्रकाे पाँच स्थानमा कामका लागि नगरले ७२ लाख रुपैयाँ बराबरमा ठेक्का दिएकाे छ।
ठेक्केदार कम्पनीले सडक बिस्तार गर्ने क्रममा नहरकाे पश्चिमी पट्टि सडक बडाउने क्रममा माटाेकाे प्रयोग गरेर सडक चाैडाई गर्नु पर्ने ईस्टिमेटमा भएता पनि जगदम्बाले वालुवा हालेर सडक चाैडाई गरेपछि स्थानीय आक्राेशित भएका हुन।स्थानीयले नगरपालिकाका ईन्जिनियर श्याम सिंहलाई सडककाे कमशल काम गरेको जानकारी गराएकाे भएता पनि अहिले सम्म कुनै सुनवाई नभएको स्थानीयले आराेप लगाएका छन। ठेक्केदार कम्पनीले सडक निर्माणकार्य सुरु गर्नु भन्दा अगाडि सडक निर्माणको बारेमा सुचना पाटि राखेर काम सुरु गर्नु पर्ने भएता पनि कम्पनीले सुचना पाटि नै नराखि काम सुरु गरेको पाईएकाे छ।
सडकमा कमशल कामकाे बिषयमा जानकारी लिनका लागि जगदम्बा विपिन कन्ट्रकसनका प्रमुख दुर्गा भट्टराईले आफूहरुले वालुवा नहालेर माटाे नै प्रयोग गरेको भन्दै पन्छिन खाेजेका छन। अहिले वालुवा हालिएको ठाउँमा स्थानीयले बिराेध गरेपछि पुन : चिम्टाईलाे माटाे हालेर वालुवालाई धमाधम छाेप्ने कार्य समेत भईरहेकाे पाईएकाे छ।
साे बिषयमा नगरपालिका ईन्जिनियर श्याम सिंह ले भने आफुले वालुवा नहाल्न आग्रह गरेको भएता पनि ठेक्केदारले आफुहरुलाई समेत अटेर गरेर वालुवा हालेकाे हुनाले कार्वाहीका लागि पत्र काटने समेत जानकारी बताए।
स्थानीयले भने ठेक्केदारले सडकमा वालुवा हालेको ननिकाले सम्मकाम अगाडि नवडाउन स्थानीयले नगरपालिका तथा विभिन्न स्थानमा निवेदन समते दिईने स्थानीय सुभाष सिग्देलले बताए।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...