News Portal

  • सडक वनाउने क्रममा जगदम्बा विपिन कन्ट्रक्सनकाे चरम लापरबाही नगरपालिका माैन

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिकाकाे मंङ्गलबारे नहर देखि वडा नम्बर २ सम्मकाे सिमानामा रहेको नहरकाे पश्चिम तर्फ सडक बिस्तार गर्ने क्रममा गुणस्तरहिन काम भईरहेकाे पाईएकाे छ। हुलाकी सडकलाई जाेडने ५ किलोमिटर सडक निर्माण गर्नेका लागि जगदम्बा बिपिन कन्ट्रक्सन रंगेली १ ले ठेक्का पाएकाे थियोे। नगरपालिकाले उक्त कम्पनी लाई नगर भित्रकाे पाँच स्थानमा कामका लागि नगरले ७२ लाख रुपैयाँ बराबरमा ठेक्का दिएकाे छ।
    ठेक्केदार कम्पनीले सडक बिस्तार गर्ने क्रममा नहरकाे पश्चिमी पट्टि सडक बडाउने क्रममा माटाेकाे प्रयोग गरेर सडक चाैडाई गर्नु पर्ने ईस्टिमेटमा भएता पनि जगदम्बाले वालुवा हालेर सडक चाैडाई गरेपछि स्थानीय आक्राेशित भएका हुन।स्थानीयले नगरपालिकाका ईन्जिनियर श्याम सिंहलाई सडककाे कमशल काम गरेको जानकारी गराएकाे भएता पनि अहिले सम्म कुनै सुनवाई नभएको स्थानीयले आराेप लगाएका छन। ठेक्केदार कम्पनीले सडक निर्माणकार्य सुरु गर्नु भन्दा अगाडि सडक निर्माणको बारेमा सुचना पाटि राखेर काम सुरु गर्नु पर्ने भएता पनि कम्पनीले सुचना पाटि नै नराखि काम सुरु गरेको पाईएकाे छ।
    सडकमा कमशल कामकाे बिषयमा जानकारी लिनका लागि जगदम्बा विपिन कन्ट्रकसनका प्रमुख दुर्गा भट्टराईले आफूहरुले वालुवा नहालेर माटाे नै प्रयोग गरेको भन्दै पन्छिन खाेजेका छन। अहिले वालुवा हालिएको ठाउँमा स्थानीयले बिराेध गरेपछि पुन : चिम्टाईलाे माटाे हालेर वालुवालाई धमाधम छाेप्ने कार्य समेत भईरहेकाे पाईएकाे छ।
    साे बिषयमा नगरपालिका ईन्जिनियर श्याम सिंह ले भने आफुले वालुवा नहाल्न आग्रह गरेको भएता पनि ठेक्केदारले आफुहरुलाई समेत अटेर गरेर वालुवा हालेकाे हुनाले कार्वाहीका लागि पत्र काटने समेत जानकारी बताए।
    स्थानीयले भने ठेक्केदारले सडकमा वालुवा हालेको ननिकाले सम्मकाम अगाडि नवडाउन स्थानीयले नगरपालिका तथा विभिन्न स्थानमा निवेदन समते दिईने स्थानीय सुभाष सिग्देलले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...