News Portal

गीतकार गजेन्द्र खालिङको बृतचित्र हौचुर सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५८८ पटक

काठमाडौं – खोटाङ जिल्ला संगीतिक राजधानी मानिएका जिल्लाबाट अर्का एक सर्जक गीतकार गजेन्द्र खालिङ राईले रावावेशी गाउपालिका-६, हौचुरको सागीतिक वृतचित्र “हौचुर” चिण्डो च्यानल मार्फत सार्वजनिक गरेका छन्।

विगत धेरै लामो समयदेखि जन्मभूमित छोडी कर्मभूमिमा रहेका सर्जकले एउटा बृतचित्र हौचुर सार्वजनिक गर्न पाउदा आफु हर्षले उन्माद भएको हिमालीसंचारडटकमसंग बताए। सर्जक राई सन् २००८ सालदेखि कर्मभूमा संघर्ष गर्दै आफ्नो परिवार र समाजको खुशी साट्न कर्मभूमिमा उद्धत छन्। गाउघरको दुख राम्रोसंग बुझेका राई समाजसेवाको अलबा साहित्य तर्फ झुकाव राख्ने राईले यो पटक गाउको सम्झनामा बृतचित्र सार्बजनिक गरेका हुन्। 

सर्जक खालिङ आफुले जस्तो अर्को पुस्ताले दुःख भोग्न नपरोस भन्ने हेतुले प्रदेशमा रहेर पनी आफ्नो समाजको लागि योगदान दिएका छन्। उनकै पहलमा विधालय भवन, एम्बुलेन्स सेवा प्रदान गरेका खालिङ प्रवासमा रहेर पनी विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् । 

सर्जक खालिङले पहिलो कोसेली कर्मभूमिको अनुभव “दोहा कतारमा” सार्वजनिक गरेका सर्जक खालिङले यो पटक आफ्नो माटो, जनिमभूमि, गाउको यादमा बृतचित्र नै तयार गरेका हुन्। 

सार्वजिनक गीतको गायिका मञ्जु खालिङको आवाज रहेको छ भने संगीतकार पदम थुलुङको संगीत रहेको छ। छायंकनमा युराज राई, ड्रोनमा मणी राई हाछाली, मनी कुलुङ रहेका छन्। 

सार्वजनिक गीत निर्माण गर्न आर्थिक सहयोग पदम गुरुङ, त्यस्तै, भिडियो निर्माण तथा ड्रोन सहयोग मनोज आचार्य, पवन राई र स्थानीय कलाकारहरुले सहयोग गरेका थिए। सार्वजनिक बृतचित्र निर्माणका लागि सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी महानुभावहरुमा विशेष कृतज्ञता ब्याक्त गरेका सर्जक खालिङले यो पटक असाध्य साथ सहयोग मिलेको बताए। 

म्युजिक भिडियो यहाँ हेर्नुस 

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...