News Portal

हङकङका पूर्वसांसदलाई ४ महिनाको जेल सजाय

हिमालीसंचार संवाददाता
४१५ पटक

हङकङ। हङकङको विपक्षी पार्टीका पूर्वसांसद लाम चेउक टिङलाई ४ महिनाको जेल सजाय सुनाइएको छ। एक भ्रष्टाचारको मुद्दाको अनुसन्धान बाहिर खुलासा गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो।

४४ वर्षीय प्रजातान्त्रिक पार्टीका सदस्यसमेत रहेका उनले एक प्रहरी कमाण्डरमाथि भएको भ्रष्टाचारको अनुसन्धानमा रहेका मानिसहरुको पहिचान सार्वजनिक गरेका थिए।

सन् २०१९ मा भएको हिंसात्मक आन्दोलनको मुख्य कारक मानिएको युएन लोङको घटनाको बेलामा ड्युटीमा रहेका एसिस्टेन्ट कमाण्ड याउ नाइ–केउङमाथि अनुसन्धान भएको थियो।

उक्त घटनामा १०० भन्दा धेरै रड तथा अन्य अन्य धारिलो हतियार बोकेका मानिसहरुले आक्रमण गरेका थिए। जसमा ४५ जना मानिसहरु घाइते भएका थिए। यसैलाई सन् २०१९ को आन्दोलन चर्किनुको मुख्य घटना मानिएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा याउले सञ्चारमाध्यमहरुसँग आफूले नजिकैको गाउँमा कुनै पनि रड तथा हतियार फेला नपारेको बताएका थिए। जबकी अधिकांश आक्रमणकारी सोही स्थानमा जम्मा भएका थिए। साथै उनले कुनै पनि आपराधिक गतिविधिको संकेतसम्म पनि नपाइएको उल्लेख गरेका थिए।

पछि उनी उत्तरी नयाँ क्षेत्रको क्षेत्रीय कमाण्डर बनेका थिए। लामले सन् २०१९ को डिसेम्बरदेखि गत वर्षको जुनसम्ममा विभिन्न अन्तर्वार्तामा प्रहरीमाथि झुट फैलाएको आरोप लगाउँदै यो अनुसन्धानमा ढिलाइको आरोप लगाएका थिए। उनले याउ अनुसन्धानको घेरामा रहेको पनि खुलासा गरेका थिए।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...