News Portal

पूर्वराजा र राजपरिवारका सम्पत्तिमा नेताहरुको रजाईं

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौं। देशमा हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाको बहस फेरि चर्केको छ। धर्मनिरपेक्ष र गणतन्त्रका पक्षधर भई संविधानमै यसलाई उल्लेख गर्ने पक्षका दलहरुप्रति असन्तुष्टि बढ्दै जाँदा यो मुद्दाले ठाउँ पाएको हो।

हिन्दुराष्ट्र र राजसंस्था पक्षधर शक्ति र दलहरुप्रति जनताको आस्था र विश्वास बढेरभन्दा गणतन्त्र र धर्मनीरपेक्ष पक्षधर दल र तिनका नेताहरुको कार्यशैली विवादमा परेपछि नयाँ परिस्थिति विकास हुँदै गएको छ। यतिसम्मकी तत्कालीन राजाहरुको दरबार नारायणहिटीलाई व्यवसायीकरण गर्नमा दलका प्रभावशाली नेताहरुको अप्रत्यक्ष भूमिका खुलिसकेको छ।

पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा ल्याइएको नेपाल ट्रष्टको जग्गामा समेत व्यापक व्यवसायीकरण गरिएको छ। राजनीतिक शक्तिलाई प्रभावमा पारी उनीहरुले धमाधम लिजमा लिन थालेका छन्।

पूर्वराजा र राजपरिवारसँग जोडिएका कतिपय संस्था र सम्पत्तिमा नेताहरुको रजाईं चल्न थालेको छ। यसको भेउ पाएपछि जनताले राजसंस्थामा भन्दा गणतन्त्रमा झन् सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग देख्न थालेका छन्। तर, राज्य यस्ता घटनाहरुलाई छोप्न लागिपरेको छ।

अर्कोतर्फ, सत्तामा रहेका र प्रतिपक्षमा रहेका दलहरुको भूमिका विवादास्पद बन्दै गएको छ। उनीहरु हरेक कुरामा व्यापार देख्न र गर्न थालेका छन्। राजनीतिमा व्यवसायीलाई तान्न थालेका छन्। व्यवसायी नै नेता र नेता नै व्यवसायीको स्थिति बन्न थालेको छ।

पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको मुद्दाप्रति प्रचण्ड र माधव नेपालले सबैभन्दा आक्रोश पोखेका छन्। काँग्रेसभित्रका प्रभावशाली नेताहरु पनि यो मुद्दाविरुद्ध बोलिरहेका छन्।

यही घटनाक्रम विकास हुँदा हिन्दुराष्ट्र र राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा पत्र निर्वाचन आयोगबाट गएको छ। यो पत्रमा उसको विधानमा हिन्दुराष्ट्र र राजसंस्था हटाउन भनिएको छ। यसलाई संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल भनिएको छ।

आयोगले संविधान विपरितको कदम भनेपनि यसमा कुनै राजनीतिक उद्देश्य लुकेको देखिन्छ। विशेषगरी राजसंस्था र हिन्दुराष्ट्रको मुद्दालाई उठ्नै नदिने गरी योजनावद्ध तरिकाले यसलाई चुनौती दिन खोजिएको विश्लेषण भइरहेको छ।

तर, आयोगको यो कदमले राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरप्रति उल्टै सहानुभूती बढ्ने अवस्था विकास भएको छ। हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई सडकमा आउने परिस्थिति विकास हुनसक्ने भएको छ।

प्रतिकृया दिनुहोस्

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...