News Portal

यस्ता छन् नियमित तातो पानी पिउनुका फाइदाहरु

हिमालीसंचार संवाददाता
३९४ पटक

नमिता राई,
हेटौडा। जुनसुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन्। एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन्। त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं। यसका फाइदा निम्न छन् :-

तौल कम गराउँछ:
तपाईंको तौल लगातार बढिरह्यो र धेरै कोशिशपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ। तपाईं आफ्नो स्वास्थ्य राम्रो चाहनुहुन्छ भने खाना खाएपछि एक गिलास तातो पानी खाने गर्नुहोस्।

चिसो हुनबाट बचाउँछ: 
यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ। तातो पानी पिउनाले गला पनि ठीक हुन्छ। यसको सेवनले आराम मिल्छ।

महिनावारीको दुखाइ कम गराउँछ: 
महिनावारीको दुखाइले प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ। तातो पानीले यो दुखाइलाई कम गर्न सक्छ। साथै तातो पानीले पेटको दुःखाइ पनि कम गर्न मद्दत गर्छ।

शरीर सफा गराउँछ: 
तातो पानी पिउनाले शरीर सफा गर्न मद्दत मिल्छ। यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ। तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ, जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ।

अनुहारमा कलिलोपना आउँछ: 
तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने, चिन्ता नलिनुहोस्। आजैदेखि तातो पानी पिउन शुरुवात गर्नुहोस्। केही हप्तामै परिवर्तन देख्नुहुन्छ। छालाका अंगहरु नरम हुनेछन् र चमक पनि बढ्नेछ।

कपालको लागि फाइदा गर्छ: 
तातो पानीको सेवन कपाल र छाला दुवैको लागि फाइदाजनक छ। यसले कपाललाई चमकदार बनाउँछ र बढाउन पनि मद्दत गर्दछ।

पेटलाई दुरुस्त राख्छ:
तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ। साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ। खाना खाएपछि एक गिलास तातो पानी पिउने बानी गर्नुस्। यसो गर्नाले खानालाई छिट्टै पचाउँछ र पेट हल्का हुन्छ।

रक्तसञ्चारलाई सन्तुलन गर्छ: 
शरीर सुचारु रुपमा चल्नको लागि रक्तसञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ। यसको लागि तातो पानी पिउनु लाभदायक हुन्छ।

प्रतिकृया दिनुहोस्

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...