News Portal

यस्ता छन् नियमित तातो पानी पिउनुका फाइदाहरु

हिमालीसंचार संवाददाता
३५८ पटक

नमिता राई,
हेटौडा। जुनसुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन्। एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन्। त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं। यसका फाइदा निम्न छन् :-

तौल कम गराउँछ:
तपाईंको तौल लगातार बढिरह्यो र धेरै कोशिशपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ। तपाईं आफ्नो स्वास्थ्य राम्रो चाहनुहुन्छ भने खाना खाएपछि एक गिलास तातो पानी खाने गर्नुहोस्।

चिसो हुनबाट बचाउँछ: 
यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ। तातो पानी पिउनाले गला पनि ठीक हुन्छ। यसको सेवनले आराम मिल्छ।

महिनावारीको दुखाइ कम गराउँछ: 
महिनावारीको दुखाइले प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ। तातो पानीले यो दुखाइलाई कम गर्न सक्छ। साथै तातो पानीले पेटको दुःखाइ पनि कम गर्न मद्दत गर्छ।

शरीर सफा गराउँछ: 
तातो पानी पिउनाले शरीर सफा गर्न मद्दत मिल्छ। यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ। तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ, जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ।

अनुहारमा कलिलोपना आउँछ: 
तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने, चिन्ता नलिनुहोस्। आजैदेखि तातो पानी पिउन शुरुवात गर्नुहोस्। केही हप्तामै परिवर्तन देख्नुहुन्छ। छालाका अंगहरु नरम हुनेछन् र चमक पनि बढ्नेछ।

कपालको लागि फाइदा गर्छ: 
तातो पानीको सेवन कपाल र छाला दुवैको लागि फाइदाजनक छ। यसले कपाललाई चमकदार बनाउँछ र बढाउन पनि मद्दत गर्दछ।

पेटलाई दुरुस्त राख्छ:
तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ। साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ। खाना खाएपछि एक गिलास तातो पानी पिउने बानी गर्नुस्। यसो गर्नाले खानालाई छिट्टै पचाउँछ र पेट हल्का हुन्छ।

रक्तसञ्चारलाई सन्तुलन गर्छ: 
शरीर सुचारु रुपमा चल्नको लागि रक्तसञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ। यसको लागि तातो पानी पिउनु लाभदायक हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...