News Portal

कोशी अस्पतालका ३ चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण

न्युरो अस्पतालका कर्मचारी पनि संक्रमित

हिमालीसंचार संवाददाता
२७७ पटक

विराटनगर – कोशी अस्पतालका तीन चिकित्सकसहित १५ जना कोभिड–१९ संक्रमित भएको कोशी अस्पतालले जनाएको छ। संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन्।यादवका अनुसार अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन, आँखाका कार्यालय सहयोगी, अन्य एक सहयोगी, हड्डीको बहिरंगका विभागका २ नर्स, तीन जना प्लास्टर गर्ने, एक स्विपर र एक पूर्जी काउन्टरका कर्मचारी हुन्।
नेपालमा तेस्रो चरणको लहरको क्रममा सबैभन्दा पहिले ५ पुसमा अस्पतालको एक कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो । त्यसपछि १५ पुससम्म कसैमा संक्रमण देखिएको थिएन । बाँकी १४ जना १५ पुसपछि संक्रमित भएको यादवले बताइन् । उक्त अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १ सय ५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएको उनले बताइन्।
विराटनगस्थित न्यूरो अस्पतालका स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा कर्मचारी संक्रमित भएका छन्। अधिकांश होम आइसोलेसनमा रहेका छन् । एक कर्मचारीको जन्मदिनको पार्टी, नि:शुल्क स्वास्थ्य शिविरको आयोजना र अस्पतालमै सेवा दिने क्रममा उनीहरू संक्रमित भएको स्रोतले जनाएको छ ।
अस्पतालले संक्रमितको यकिन संख्या र यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सेवा दिने क्रममा केही कर्मचारी संक्रमित भए पनि यकिन संख्या थाहा नभएको अस्पतालका प्रबन्धक सुरेशकुमार आचार्यले बताए।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...