News Portal

  • काठमाडौं महानगरमा ६३ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप

    हिमालीसंचार संवाददाता
    १८४ पटक

    काठमाडौँ – काठमाडौँ महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन महानगरको लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ।

    विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दुवै मात्रा लगाउनुपर्ने लक्षित समूहका लागि पनि खोप कार्यक्रम तीव्र रुपमा अघि बढाइएको छ । काठमाडौंमा खोप लगाउने १५ लाख ६३ जना लक्षित समूहका छन् । अहिले काठमाडौं महानगरपालिकाको ३२ मध्ये ११ स्थानबाट खोप कार्यक्रम दैनिक रुपमा नै सञ्चालन भइरहेको छ भने काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य चार नाकामा पनि स्वास्थ्य टोली खटाएर खोप कार्यक्रम सञ्चालन भइरहेको कामपाले जनाएको छ ।

    महानगरमा पछिल्लो समय हरेक दिन कोरोना भाइरस संक्रमण बढिरहेको छ, विश्वका अन्य मुलुक र छिमेकी देश भारतको प्रतिदिन कारोना सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेकाले यसबाट हुने मानवीय क्षति कम गर्नका लागि पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने कुँवरको भनाइ छ ।

    ‘यसका लागि नागरिक पनि उत्तिकै सचेत हुनुपर्ने देखिन्छ । भिडभाड कम गर्ने र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने काम जनताको नै हो । सबैको सहकार्य भए विगतमा झैं यस पटक पनि यसबाट हुने क्षतीलाई कम गर्न सकिन्छ,’ उनले भने । अहिले देशको कुल जनसङ्ख्याको ३५ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ४८ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...

    युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

    कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली...

    नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर...