News Portal

त्रिमुर्ति सहकारीमा अध्यक्षकाे मनाेमानी सदस्यहरु मुख दर्शक

हिमालीसंचार संवाददाता
२९८ पटक

रंगेली रबिन्द्र बराल – रंगेली नगरपालिका ९ बेलचाेकमा रहेको त्रिमुर्ति सहकारी संस्थाका अध्यक्ष तथा समितिद्वारा सहकारीमा अनियमितता गरेको आराेप लगाउदै मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन। स्थापना काल देखिनै सहकारीमा एउटै अध्यक्ष तथा समितिहरुकाे हालिमुहालीका कारण सहकारीमा भ्रष्टाचार भएकाे र सेयर सदस्य तथा सदस्यहरु मुख दर्शक बनिरहेकाे आराेप लगाएका छन।
समितिका अध्यक्ष चन्द्र प्रसाद निराैला लगायतका समित ठाउँ ठाउँमा हिनामिना गरेता पनि सदस्यहरुले बेवास्ता गरेकाे कारण पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन। आर्थिक वर्ष २०७४/७५ सालमा जग्गा खरिद गर्दा कुनै पनि सार्वजनिक सुचना नगरिकन समितिले आफु खुशीमा जग्गा खरिद गर्दा मालपोत कार्यालय रंगेलीको राजिनामा पास कागज मा रु.१० लाख ६१ हजारका दरले १ कठ्ठा १० धुर जग्गा १५ लाख ५१ हजार ५ सय रुपैयाँमा खरिद गरिएको तर पास खर्च ६३ हजार ६ सय ६० रुपैयाँ लागेकोमा जग्गाको मुल्य र पास खर्च जोडदा १६ लाख ५५ हजार १ सय ६० रुपैयाँ खर्च भएकोमा समितिका अध्यक्ष तथा सदस्यहरुले ०७४/७५ को अडिट रिपोर्टमा जग्गा खरिद गर्न रु.१७ लाख ६१ हजार ७ सय ३० रुपैयाँ उल्लेख गरिएको देखिन्छ। समितिले १ लाख ६५ हजार ७० रुपैयाँ रकम सहकारीकाे संचालक समितिले हिनामिना गरेको भेटिएको छ।
त्यसैगरी २०७५ सालको साधारण सभाद्वारा गठित छानविन समितिको प्रतिवेदनमा अध्यक्ष चन्द्र प्रसाद निरौला र लेखा संयोजक दिप नारायण चौधरीले ऋण भाखा नाघेको हर्जना वापत अध्यक्ष निरौलाले ६ हजार ३ सय २८रुपैयाँ र लेखा संयोजक चौधरीले ५ लाख ६ हजार ३४ रुपैयाँ असुल गर्नुपर्ने देखिए पनि हालसम्म नतिरेको बताए।
आर्थिक वर्ष २०७३/७४ मा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण लैजादा अध्यक्ष निरौलाले बाटाेमा शेयर सदस्यहरुसंग रकम उठाएको तर संस्थामा आम्दानी नदेखाई साे रकम आफैले चलाई हिनामिना गरेको छानविन समितिले ठहर गरे पनि आज सम्म संस्थामा र नबुझाई हिनामिना गरेको आराेप समेत लगाएका छन। प्रत्येक बैठकमा समितिले बैठक भक्ता लिएर संस्थाको हिसाब देखिएकाे तर प्रत्येक वर्ष रु.२० हजार रुपैयाँको हाराहारीमा आ.ले.प.खर्च भनि हिनामिना गरेको समेत देखिएको छ। ७४/७५ मा संस्थाका तत्कालिन व्यवस्थापक महा प्रसाद दाहालले संचालक समितिका सदस्य यवराज कोईरालालाई आन्तरिक राजश्व कार्यलय, विराटनगरमा अग्रिम आय कर दाखिला गरिदिनका लागि रु.१ लाख ,६४ हजार रुपैयाँ नगद दिएको, तर उक्त रकम कर कार्यालयमा जम्मा गरि भौचर नदिएर व्यवस्थापक प्रसाद दाहाललाई संचालक समितिले उक्त रकमको ऋण भनी तमसुक गराई हाल सम्म व्याज तिराएको छ ।                                 उक्त रकम यस आर्थिक वर्षको अडिट रिपोर्टमा माहा प्रसाद दाहालले पाउने देखिएकाे १ लाख ६४ हजार फिर्ता गर्ने देखिएता पनि हालसम्म समितिले फिर्ता नदिने समेत बताए। त्यसैगरी नेपाल सरकारको अनुदानमा खरिद गरि रसायनिक मल युरिया प्रति बोरा रु ८ सय ६२ रुपैयाँ ५० पैसा र डि.ए.पी. रु.२ हजार ३ सय १२रुपैयाँ ५० पैसामा बिक्री वितरण गर्नु पर्ने रंगेली नगर पालिकाको निर्णय विपरित युरिया रु८सय ८० देखि १ हजार र डि.ए.पी. रु२ हजार ३सय ५० रुपैयाँ देखि २४ सय रुपैयाँ मा बिक्री गरि संस्थामा युरियाको रु८ सय ६५ रुपैयाँ र डि.ए.पी.रु२ हजार ३सय १५ रुपैयाँ को मात्र बिल काटी बाँकी रकम समितिले हिनामिना गरेको समेत आराेप लगाएका छन। ७३/०७४को साधारण सभामा निर्वाचन मण्डलका संयोजक लोकेन्द्र बस्नेतले निर्वाचन प्रकृया समेत घोषणा नगरिकन आग्रह एवाग्रहमा उम्मेद्वारहरुसंग सहमती नगरी रातारात निर्वाचन गराएको हुंदा यस पटक पनि संचालक समितिले आफ्नो पक्षमा निर्वाचन मण्डललाई पुन राति चुनाव गर्नका लागि पुरानै निर्वाचन संयोजक तोकेको हुंदा साधारण सभा बाट निर्वाचन मण्डल बनाउनु पर्ने हाम्रो माग रहेको भनिएको छ।
पुन साेहि अध्यक्ष तथा सदस्यहरु सहकारीमा आउनका लागि पाटिगत रुपमा अगाडि बडिरहेका छन। पार्दशी रुपमा सहकारीको हिसाब हुने हाे भने अध्यक्ष चन्द्र प्रसाद निराैला काे टिमले १ देखि २ लाख रुपैयाँ सम्म भ्रष्टाचार गरेको रकम तिर्नुपर्ने हुन्छ। साेहि कारणले पुन सहकारीमा निर्वाचित भए उनिहरुले कुनै रकम नतिर्ने भएको कारणले गर्दे साे समुहनै सहकारीमा आएर हालिमुहालि गर्ने समेत लागि परेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन।
सहकारीका अध्यक्ष चन्द्र प्रसाद निराैला आफू ले सन्चालन गरेको हाडवियर पसल र ग्यास बिक्रेता भएको र साेहि सहकारीको रकम झिकेर व्यापर समेत गरेको र अहिले ब्यवस्थापक नयाँ राखे पछि उनकाे व्यपार समेत केही मात्रामा कमि गरेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन। बारम्बार त्रिमुर्ति सहकारी संस्थाकाे खवर विभिन्न अनलाइन तथा राष्ट्रिय स्तरको टेलिभिजनमा समेत समचार सम्प्रेषण भईसक्दा समेत सदस्य तथा सेयर सदस्यकाे माैनताकाे कारणले गर्दा सहकारी संस्था बदनामी भईरहदा सहकारी डुवने अवस्थामा नपुग्ला भन्न सकिदैन। त्यसैले गर्दे सबै सदस्य सेयर सदस्यहरु समयमै सजक रहनुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...