News Portal

लकडाउन गर्ने भनि आएको झुटो समाचारलाई हङकङ सरकारद्वारा खण्डन

हिमालीसंचार संवाददाता
२५९ पटक

हङकङ – हङकङ सरकारले लकडाउन गर्ने कुनै योजना नभएको भन्दै अनलाइनमा फैलिरहेको झुटा समाचारको निन्दा गर्दै एक प्रवक्ताले स्पष्ट पारेका छन्।अधिकारीहरूले मानिसहरूलाई हङकङ भित्र र बाहिर जानबाट रोक लगाउने न कुनै योजना छ न त रेस्टुरेन्टहरूमा खाना खाने अनुमति रोक्ने योजना बनाएको छ, प्रवक्ताले भने।

यो टिप्पणी सोमबार व्हाट्सएप र अनलाइन प्लेटफर्महरूमा भाइरल भएको सन्देश पछि आएको होप्रमुख कार्यकारी क्यारी लाम र खाद्य तथा स्वास्थ्य सचिव सोफिया चान सिउ–चीले सोमबार एक प्रेस सम्मेलन गरेर शहर बन्द गर्ने घोषणा गर्नेछन् भनि समाचारमा उल्लेख गरिएको थियो।

सन्देशमा सबै रेस्टुरेन्टहरूले साँझ ६बजे पछि सेवा बन्द गर्ने, खेलकुद सुविधाहरू र मनोरन्जन स्थलहरू १४ दिनका लागि बन्द हुने दाबी पनि गरिएको थियो। उक्त समाचारले रातभर यातायात बन्द हुने दाबी समेत गरेको थियो।
सरकारका प्रवक्ताले गलत समाचार फैलाएर सर्वसाधारण जनतामा त्रास फैलाएको भन्दै आलोचना समेत गरेका छन्।उनले सन्देशमा यस्ता काममा समावेश भएका आपराधिक तत्वहरूलाई कानून अनुसार कारबाही गर्ने पनी बताए।अनावश्यक अड्कलबाजी र अफवाह फैलाउनु महामारीको बिरूद्ध लड्न जायज कुरा होइन उनले भने।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...