News Portal

लकडाउन गर्ने भनि आएको झुटो समाचारलाई हङकङ सरकारद्वारा खण्डन

हिमालीसंचार संवाददाता
२१९ पटक

हङकङ – हङकङ सरकारले लकडाउन गर्ने कुनै योजना नभएको भन्दै अनलाइनमा फैलिरहेको झुटा समाचारको निन्दा गर्दै एक प्रवक्ताले स्पष्ट पारेका छन्।अधिकारीहरूले मानिसहरूलाई हङकङ भित्र र बाहिर जानबाट रोक लगाउने न कुनै योजना छ न त रेस्टुरेन्टहरूमा खाना खाने अनुमति रोक्ने योजना बनाएको छ, प्रवक्ताले भने।

यो टिप्पणी सोमबार व्हाट्सएप र अनलाइन प्लेटफर्महरूमा भाइरल भएको सन्देश पछि आएको होप्रमुख कार्यकारी क्यारी लाम र खाद्य तथा स्वास्थ्य सचिव सोफिया चान सिउ–चीले सोमबार एक प्रेस सम्मेलन गरेर शहर बन्द गर्ने घोषणा गर्नेछन् भनि समाचारमा उल्लेख गरिएको थियो।

सन्देशमा सबै रेस्टुरेन्टहरूले साँझ ६बजे पछि सेवा बन्द गर्ने, खेलकुद सुविधाहरू र मनोरन्जन स्थलहरू १४ दिनका लागि बन्द हुने दाबी पनि गरिएको थियो। उक्त समाचारले रातभर यातायात बन्द हुने दाबी समेत गरेको थियो।
सरकारका प्रवक्ताले गलत समाचार फैलाएर सर्वसाधारण जनतामा त्रास फैलाएको भन्दै आलोचना समेत गरेका छन्।उनले सन्देशमा यस्ता काममा समावेश भएका आपराधिक तत्वहरूलाई कानून अनुसार कारबाही गर्ने पनी बताए।अनावश्यक अड्कलबाजी र अफवाह फैलाउनु महामारीको बिरूद्ध लड्न जायज कुरा होइन उनले भने।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...